सामाजिक रुपान्तरणका लागि जनचेतना : नगर प्रमुख खाँण ।
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सामाजिक रुपान्तरणका लागि जनचेतना आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला कार्यसमिति स्याङ्जाद्वारा बिजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा आयोजना गर्न लागिएको शुभकामना आदान प्रदान, विविध सांस्कृतिक कार्यक्रम एवं नौमति बाजा महोत्सव २०७६ को पत्रकार भेटघाट तथा फोन डायरी विमोचन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले समाजमा जरो गाडेर रहेका पुराना सोँच र प्रथाका आधारमा गरिएका विभेदहरुको अन्त्यका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो ।

कानून बनाएरैमात्र नहुने भएकाले यसको कार्यान्वयनका लागि पनि स्वयं दलित समुदाय बढी सचेत हुनु आवश्यक रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
“परिवर्तन एकैपटक सम्भव छैन, धैर्यता र संघर्ष आवश्यक छ” नगर प्रमुख खाँणले भन्नुभयो, “म दलित हुँ भन्ने मानसिकता जरैदेखि उखेलेर फाल्नुपर्ने, हिनताबोध हटाउनुपर्ने र दलित दलितबीचको विभाजनलाई तोडेर एकीकृत आवाज उठाउनतर्फ लाग्नुपर्छ ।”

यो जात र उ जातको भन्ने भावना त्यागेर हामी सबै मानव हौं भन्ने भावना लिएर अगाडि बढ्न सक्नुपर्नेमा नगर प्रमुख खाँणले जोड दिनुभयो ।
संघका जिल्ला अध्यक्ष लिलबहादुर रनपालले आगामी कार्तिक २ गते गण्डकी प्रदेशमै पहिलो पटक नमूनाकोरुपमा नौमति बाजा महोत्सव गर्ने गरी तयारी भईरहेको बताउनुभयो । उहाँले तयारीलाई तीब्रता दिईएको बताउँदै यस्ता कार्यक्रमले हाम्रा संस्कार, संस्कृतिको संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस नगर सचिव भुपराज बगाले, वालिङ नगरपालिका कार्यपालिका सदस्य युगमाया पंगेनी, समाजसेवी लिलबहादुर परियार लगायतले दलित समुदायको आर्थिक, शैक्षिकस्तर माथि उठाउनुकासाथै समाजमा जरो गाडेर रहेका पुरातन कुप्रथाहरुको अन्त्यका लागि सचेत हुनु आवश्यक रहेको जोड दिएका थिए ।
संघका जिल्ला उपाध्यक्ष सपना विकको स्वागतसँगै शुरु भएको कार्यक्रम संघका जिल्ला अध्यक्ष लिलबहादुर रनपालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन अमृता बसेलले र धन्यवाद मन्तब्य संघका जिल्ला सचिव संगीता नेपालीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


