पोखराको जिएमसीमा होलबडी सिटी स्क्यान मेसिन सञ्चालन
पोखरा – गण्डकी मेडिकल कलेज पोखराले अत्याधुनिक जापानी प्रविधिको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । कलेजको ११ औं वार्षिक उत्सवको अवसरमा एउटै मेसिनबाट सम्पूर्ण शरीरको सिटी स्क्यान गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो ।

सेवा शुभारम्भ पछि बोल्दै गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले नागरिकहरुले पाउनुपर्ने स्वास्थ्य सुविधा घरआँगनमै उपलब्ध हुनु सुखद् रहेको बताइन् ।
अस्पतालले नागरिकको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरणहरु सबै सञ्चालनमा ल्याएको कलेजका अध्यक्ष खुमा अर्यालले बताए ।
‘सिटी स्क्यान मेसिन नहुँदा जटिल प्रकृतिका बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यता थियो ।
अब त्यो अन्त्य भएको छ,’ उनले भने, ‘बाँकी रहेको क्याथलाइज प्रविधि पनि ३ महिना भित्रमै सञ्चालन ल्याइसक्ने तयारी थालेका छौं ।’ क्याथलाइज मुटुसम्बन्धी उपचारमा प्रयोग हुने उपकरण हो ।
पोखरासहित समग्र गण्डकी प्रदेशका विरामी रोग पहिचान गर्न काठमाडौं जानुपर्ने स्थितीको अन्त्य हुने अध्यक्ष अर्यालले बताए ।
कलेजका पाठ्यक्रमहरु पनि थप गर्दै लैजाने र उपचार सेवा पनि थप हुने उनको भनाइ छ । कलेजले एमबिबिएस, एमडीका विभिन्न विधामा चिकित्सा अध्यापन गराउँदै आइरहेको छ ।
सञ्चालनमा ल्याइएको मेसिनबाट शरीरको नङदेखि मष्तिस्कसम्म सिटी स्क्यान गर्ने कम्पनीले जनाएको छ । मष्तिस्कको ‘न्यूरो डिजिटल सफ्टेक्सन इन्जोग्राम’ उक्त मेसिनबाट गर्न सकिने नेपालका लागि कम्पनीका डाइरेक्टर धिरज थपलियाले जानकारी दिए ।
अस्पतालमा पहिले भइरहेको मेसिन विस्थापन गरी १ सय ६० स्लाइसको सिटी स्क्यान मेसिन ल्याइएको हो । मेसिनको ट्यूब अत्यधिक क्षमताको भएकाले दिनभरीमा अत्यधिक बिरामीलाई सेवा दिन सकिने थपलियाले जानकारी दिए ।
जापानमा निर्मित तोसिबा क्यानन ब्रान्डको उक्त मेसिन नेपालमै पहिलोपटक भित्रायाएको कम्पनीले दाबी गरेको छ । झन्डैं ७ करोड रुपैयाँ लागतमा मेसिन सञ्चालनमा आएको अस्पतालले जनाएको छ । अन्य मेसिनको तुलनामा ७५ प्रतिशत कम रेडियसन फाल्ने कम्पनीको दाबी छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


