पोखराको जिएमसीमा होलबडी सिटी स्क्यान मेसिन सञ्चालन
पोखरा – गण्डकी मेडिकल कलेज पोखराले अत्याधुनिक जापानी प्रविधिको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । कलेजको ११ औं वार्षिक उत्सवको अवसरमा एउटै मेसिनबाट सम्पूर्ण शरीरको सिटी स्क्यान गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो ।

सेवा शुभारम्भ पछि बोल्दै गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले नागरिकहरुले पाउनुपर्ने स्वास्थ्य सुविधा घरआँगनमै उपलब्ध हुनु सुखद् रहेको बताइन् ।
अस्पतालले नागरिकको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरणहरु सबै सञ्चालनमा ल्याएको कलेजका अध्यक्ष खुमा अर्यालले बताए ।
‘सिटी स्क्यान मेसिन नहुँदा जटिल प्रकृतिका बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यता थियो ।
अब त्यो अन्त्य भएको छ,’ उनले भने, ‘बाँकी रहेको क्याथलाइज प्रविधि पनि ३ महिना भित्रमै सञ्चालन ल्याइसक्ने तयारी थालेका छौं ।’ क्याथलाइज मुटुसम्बन्धी उपचारमा प्रयोग हुने उपकरण हो ।
पोखरासहित समग्र गण्डकी प्रदेशका विरामी रोग पहिचान गर्न काठमाडौं जानुपर्ने स्थितीको अन्त्य हुने अध्यक्ष अर्यालले बताए ।
कलेजका पाठ्यक्रमहरु पनि थप गर्दै लैजाने र उपचार सेवा पनि थप हुने उनको भनाइ छ । कलेजले एमबिबिएस, एमडीका विभिन्न विधामा चिकित्सा अध्यापन गराउँदै आइरहेको छ ।
सञ्चालनमा ल्याइएको मेसिनबाट शरीरको नङदेखि मष्तिस्कसम्म सिटी स्क्यान गर्ने कम्पनीले जनाएको छ । मष्तिस्कको ‘न्यूरो डिजिटल सफ्टेक्सन इन्जोग्राम’ उक्त मेसिनबाट गर्न सकिने नेपालका लागि कम्पनीका डाइरेक्टर धिरज थपलियाले जानकारी दिए ।
अस्पतालमा पहिले भइरहेको मेसिन विस्थापन गरी १ सय ६० स्लाइसको सिटी स्क्यान मेसिन ल्याइएको हो । मेसिनको ट्यूब अत्यधिक क्षमताको भएकाले दिनभरीमा अत्यधिक बिरामीलाई सेवा दिन सकिने थपलियाले जानकारी दिए ।
जापानमा निर्मित तोसिबा क्यानन ब्रान्डको उक्त मेसिन नेपालमै पहिलोपटक भित्रायाएको कम्पनीले दाबी गरेको छ । झन्डैं ७ करोड रुपैयाँ लागतमा मेसिन सञ्चालनमा आएको अस्पतालले जनाएको छ । अन्य मेसिनको तुलनामा ७५ प्रतिशत कम रेडियसन फाल्ने कम्पनीको दाबी छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


