नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुरबहादुरको प्यानल विजयी

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुरबहादुर चन्दको प्यानल विजयी भएको छ। आज राजधानीमा भएको १७ सदस्यीय समितिको निर्वाचनमा  विजयराज पाण्डेलाई पराजित गर्दै चतुरबहादुर चन्द अध्यक्ष चुनिएका हुन् ।  

अध्यक्षमा निर्वाचित चन्दले ४५ र पराजित पाण्डेले १५ मत प्राप्त गरे। निर्वाचनमा ३९ जिल्ला प्रतिनिधि र २० प्रदेश प्रतिनिधि गरी ५९ मतदाता रहेका थिए।  

आजको निर्वाचन आईसीसीको निलम्बन फुकुवाका लागि  महत्वपूर्ण ठानिएको छ भने  क्यानलाई ३ वर्षदेखि आईसीसीले निलम्बन गरेको छ। 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP