गौ हत्या गर्नेलाई कारवाहिको माग :

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
दुई दिन अगाडि दैलेख पुर्याउने भन्दै सुर्खेतको कटकुवा जंगलमा सामुहिक गौ हत्या र घाईते बनाइएको घट्ना प्रति सर्वत्र विरोध भइरहदा विश्व हिन्दु महासंघ नेपाल स्याङ्जाले पनि ध्यानाकर्षण गरेको छ । विश्व हिन्दु महासंघ नेपालका केन्द्रिंय सदस्य पं. नेत्रप्रसाद पराजुली र जिल्ला अध्यक्ष हरिहर पाण्डेले संयुक्त विज्ञप्ती जारी गरेर गौ हत्यामा संलग्न र गर्न लगाउनेलाई कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना नदोहोरीन समेत माग गरेका छन् । अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्वहरुले एक पछि अर्को गर्दै हाम्रो हिन्दु धर्म माथी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सांघातिक प्रहार हुदै आएको छ प्रेस विज्ञप्तीमा भनिएको छ,“यस्तो जघन्य अपराधले हामी सम्पूर्ण ॐ कार परिवार मर्माहित भएका छौं ।”
ॐ कार परिवारको धार्मिक कार्य प्रति ग्लानीभुत भएर अराजक कृयाकलाप बढेको अवस्थामा गौ हत्यामा संलग्नलाई कारवाहि नगरेमा कडा आन्दोलनमा उत्रन समेत बाध्य हुनेछौ विज्ञप्तीमा भनिएको छ ।
गौ हत्याले निशव्द, अबरुद्धकण्ठ, आत्मग्लानी एंव राज्यको अप्राणमय गतीले गर्दा नेपाल देश रोदनमय पिडामा गुज्रिरहेको अवस्थामा राष्ट्र संचालनको जिममेवारीमा रहेका केही अदुरदर्शी दृष्टिले धर्म निरपेक्षको बहानामा गौ हत्या गर्ने क्रियाकलापले सम्पूर्ण ॐ कार परिवार असुरक्षाको महशुष समेत भएको विज्ञप्तीमा भनिएको छ ।
जनताको इच्छा आकांक्षा विपरीत विदेशी इशारामा धर्मनिरपेक्ष बनाई बहुसाँस्कृतिक एकताको सदभावलाई विखण्डन गरी नेपाली जनतालाई अन्धकारले त्रासमय जिवन विताउन बाध्य भएको उल्लेख गरिएको छ । हिन्दुहरुको माथ सधै विश्वमा उचो रहदै आएको छ विज्ञप्तीमा भनिएको छ,“धर्मनिरपेक्ष संविधानमा लेखिएपछि भएका धार्मिक आक्रमणले ॐ कार परिवार अत्यन्तै चिन्तित छौं ।” गौ हत्याले ॐ कार परिवार मर्माहीत मात्रै नभएर आगामी दिनमा देशमा अपराधीक क्रियाकलाप बढ्ने देखिएको छ । सरकारले तुरन्तै हत्या र घाईतेमा संलग्नलाई कडा भन्दा कडा कारवाहि गरी सर्वप्राणी रक्षार्थ लाग्न पनि सरकार सगँ माग गरिएको छ । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलाई धार्मिक रुपले गौ माताका रुपमा हिन्दुहरुले पूजा गर्दै आएका छन् । सुर्खेतमा भएको घट्नामा विभिन्न संघसंस्थाले समेत विरोध जनाउदै आएका छन् ।

समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…