स्याङ्जा : दोश्रो चरणको जागरण अभियानको शुभारम्भ
जननायक बिश्वेश्वर प्रसाद कोइरालाको १०६औं जन्म जयन्तीको अवसरमा देशभर वृक्षारोपण गरी दोस्रो चरणको जागरण अभियानको शुरु गरिएको छ ।
हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका साथ आजबाट शुरु भएको दोस्रो चरणको जागरण अभियान हरेक प्रदेश निर्वाचन क्षेत्रमा सुरु भएको हो । प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि देशभरमा पार्टीले तिन सय ३० जना प्रतिनिधिलाई जिम्मेवारी दिएको नेपाली काँग्रेसले जनाएको छ ।

स्याङ्जाका दुई निर्वाचन क्षेत्रका चार प्रदेश निर्वाचन क्षेत्रमा एक सय ६ विरुवा वृक्षारोपण गरी बिपि जयन्ती र दोस्रे चरणको जागरण अभियानको सुरुवात गरिएको छ । जिल्लामा क्षेत्र नं १ का प्रदेश निर्वाचन क्षेत्र क को पुतलिबजार नगरपालिका स्थित वाडखोला, निर्वाचन क्षेत्र ख को विरुवा गाँउपालिकामा र क्षेत्र नं २ क को वालिङ नगरपालिका स्थित बिपि चोकमा, क्षेत्र ख को गल्याङ नगरपालिका स्थित उत्तरवाहिनी क्षेत्रमा वृक्षारोपण गरी अभियानको थालनी गरिएको छ ।

समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


