स्याङ्जा चिस्यान केन्द्रको निमार्णको लागि प्रतिबद्ध छु : सांसद मरासिनी ।
रोशन लामिछाने/स्याङजा :
संघीय सासंद नारायण प्रसाद मरासीनीले पुतलीबजार नगरपालिका–१०, सुम्रेखोलामा निमार्णधिन चिस्यान केन्द्र—कोल्ड स्टोरको लागि आफु प्रतिबद्ध रहेका बताउनु भएको छ । मरासीनीले चिस्यान केन्द्रलाई आवश्यक पर्ने रकम नेपाल सरकार सग पहल गर्ने स्पष्ट पार्नु भयो । स्याङजा शीत भण्डार सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मरासीनीले मानिस सवल बन्न उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले आर्थिक सवल बन्न सबै युवा युवतीहरु उत्पादनमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्री, नेपाली कांग्रेसका कार्यबाहक सभापती कुमार राना र सहकारी विज्ञ अनन्तकुमार श्रेष्ठले चिस्यान केन्द्र जिल्लाको लागि निक्कै आवश्यक रहेको बताए । उनीहरुले चिस्यान केन्द्र नहुदा जिल्लामा उत्पादन भएका सुन्तला गौडीको मुल्यमा विक्रि गर्नुपर्ने गुनासो गरेका थिए ।
त्यसैगरि कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेल, जिल्ला बचत संघका अध्यक्ष रविन्द्र श्रेष्ठ र शीत भण्डार सहकारीका कोषाध्यक्ष सुरेन्द्र पौडेल लगायतले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जिल्लाकै गहनाको रुपमा निमार्णधिन चिस्यान केन्द्र रकमको अभावमा कच्छुवाको गतिमा निमार्ण भैरहेको छ । २०६९ बाट शुरु भै २०७४ मा सम्पन्न हुनुपर्ने चिस्यान केन्द्रको काम हाल सम्म २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । १८ करोडको लगानीमा निमार्णहुने चिस्यान केन्द्रको आगामी एक वर्षमा निमार्ण कार्य सम्पन्न हुने शीतभण्डार सहकारीका कोषाध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । चिस्यान केन्द्रको निर्माण सम्पन्न पछि फलफुल तथा तरकारी राख्न सकिने छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


