घुस खाने कर्मचारीलाई कारवाही हुन्छ : मुख्यमन्त्री गुरुङ्ग ।

भवानी अधिकारी/स्याङ्जा :
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्गले खुस खाने कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ । स्याङ्जाको फेदिखोलागाउँपालिका सर्केटारी, गलेम पंचासे ग्रामिण सडक भिरखण्डको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले भन्नुभयो, “सेवाग्राहीसंग घुस मागेमा हामीलाई तुरुन्त खबर गर्नुस कारबाही गछौँ ।” भष्ट्राचार नै विकासको बाधक रहेकाले भष्ट्राचारको जरो उखेल्नुपर्ने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
त्यस्तै फरक प्रसंगमा प्रदेश सरकारले पाचँ बर्षमा ६ हजार किलो वाट बिजुली उत्पादन गर्ने भन्दैै मुख्यमन्त्री गुरुङ्गले बिजुलीमा गण्डकी प्रदेश आत्मनिर्भर बन्ने दावी गर्नुभयो । प्रदेशका ५७ हजार काठका पोल फेर्नुपर्ने बताउदै मुख्यमन्त्री गुरुङ्गले अबको चार बर्षमा सबै घरमा बिजुली र सबै ठाउँमा फलामको पोल पुग्ने बताउनुभयो । त्यस्तै ५ लाख ७८ हजार घर धुरीमा धारा र स्वाच्छ पानी पु¥याउने लक्ष्य समेत रहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
परिश्रमीलार्ई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउदै मुख्यमन्त्री गुरुङ्गले उदेश्य र योजनाको प्रस्ताव ल्याउनुपर्ने बताउनुभयो । उहाँले फेदिखोला १ को रामकोटमा सिटीईभिटीईको गण्डकी प्राबिधिक शिक्षालय सञ्चालन गर्ने तयारी भईरहेको समेत बताउनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “चाडै भवन निर्माण गरेर शिक्षालय बनाउछौँ । शिक्षालयको लागि पाहिलो चरणमा साढे चार करोड रकम बिनियोजन गरिएको छ ।”
कार्यक्रममा संघिय सांसद नारायण प्रसाद मरासिनीले उदेश्यलिएर अगाडि बढेमा सफलहुने बताउनुभयो ।जोसका साथआमाबुवाहरु लागेको बताउदै मरासिनीले सबैको आस र भरोसाले सफलताप्राप्त गरेको बताउनुभयो । भिरखण्ड पार गर्नु अभुतपुर्ण कामभएको बताउदै मरासिनीले पंचासे सम्म पु¥याउने कामबाँकी रहेको बताउनुभयो ।
जनताको काममा सहयोग गर्न आफ्नो सहयोग सधै रहने बताउदै मरासिनीले स्थायिनकाभावनाको सधै कदर गर्ने बताउनुभयो । कार्यक्रममाप्रदेशसभा सदस्यमिन प्रसाद गुरुङ्गले सबैमा साझाँ सहयोग र दातित्वभएमाबिकासले गतिलिने बताउनुभयो । उहाँले ट्रयाकखोल्ने काम सहिएपनि दिर्घकालिनबिकासको चुनौति धेरै रहेको र प्रदेश सभाको सांसदको हैसियतले सहयोग गर्ने प्रतिबद्धता ब्यक्तगर्नुभयो । कार्यक्रममाजिल्ला समन्वय समितिकाप्रमुखसिता सुन्दास, गाउँपालिकाअध्यक्ष घनश्याम सुबेदी, नेकपाका नेता शैलेन्द्र घिमिरे, वडा अध्यक्षमाधब प्रसाद सुबेदी, नारायण प्रसाद पौडेल लगायतले मन्तब्य राख्नु भएको थिाये ।

Facebook Comments Box
TOP