छाङ्छाङ्दी/छायाछेत्र शीव मन्दिर : शिवमहापुराण र महाआरतीबाट झण्डै ६८ लाख बचत ।
भवानी अधिकारी/स्याङ्जा :
भीरकोट नगरपालिका ४ स्थित छाङछाङदी छाँयाक्षेत्र मन्दिरमा गत साउन महिनामा सञ्चालित शिवमहापुराण र महाआरतीबाट ६७ लाख ५५ हजार ६ सय रुपैँया बचत भएको हो । साथै, गण्डकी प्रदेशवाट ४० लाख र भीरकोट नगरपालिकाको २० लाख थप सहयोग गर्ने प्रतिवद्धता आएकोे जनाईएको छ ।
छाङछाङदी छायाँक्षेत्र सेवा समितिद्धारा शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत आयब्यय सार्वजनिक कार्यक्रममा बोल्दै सहसचिव गोकुल अधिकारीले सो बताउनुभएको हो ।
साउन १ देखि ३२ गतेसम्म सञ्चालित सत्संग तथा शिव–महाआरतीमा करिब ९२ लाख आम्दानी गर्दै २३ लाख ४५ हजार रुपैँया खर्चगरी ६७ लाख ५५ हजार बचत भएको छ । आम्दानीतर्फ भजन कृतनबाट २ लाख , दानपेटिका बाट १ लाख ६ हजार, पार्किङ व्यवस्थापनमा ६ हजार, स्टल विक्रिबाट ६७ हजार, चामल विक्रिबाट १९ हजार, आजिवन सदस्यबाट ५८ लाख २७ हजार, कलश सहयोग ४ लाख १७ हजार, आरती तथा सहयोग रसिदबाट २३ लाख ७९ हजार रुपैँया संकलन भएको छ ।
यसैगरी, खर्चतर्फ यातायाततर्फ ७९ हजार, इन्धन खर्चमा ४१ हजार , रंग रोगन सजावटमा २ लाख ७७ हजार, प्रसारप्रसार ब्रुसर, पम्ल्पेटतर्फ २ लाख २५ हजार, संयमसेवक परिचालनमा ९९ हजार, खानाका लागि समानतर्फ ३ लाख ३४ हजार, खाजा तथा खाना खर्च २५ हजार, मर्मतसंभार ४५ हजार , विज्ञापन प्रचारप्रसार तथा बाजामा ७५ हजार, कलश खरिदमा १ लाख ५८ हजार, प्रमाणपत्र कदरपत्र र सम्मानतर्फ २ लाख, पण्डित खर्च ७ लाख ७५ हजार र विविध खर्चमा १२ हजार रुपैँया रहेको उल्लेख छ ।
कार्यक्रममा महायज्ञ आयोजक समितिका संयोजक एवं छाङछाङरदी विकास समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बचत रकमले मन्दिरमा १०८ जलधारा , बगैंचा सहितको पार्क अन्य भौतिक निर्माण, नवग्रह मन्दिर, सिटि हल , मन्दिर वरपरको क्षेत्र बिस्तारमा खर्च गरिने जानकारी दिनुभयो ।
मन्दिरको भौतिक निर्माणका लागि गण्डकी प्रदेशले ४० लाख र भीरकोट नगरपालिकाले २० लाख आर्थिक सहयोग गर्ने भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरको मुख्य आयस्रोत भनेको जनभक्त भएको बताउदै प्रदेशकै प्रमुख धार्मिक स्थलको रुपमा विकास गर्नका लागी लागिपरेको सबैले सहयोग गर्नु पर्नेमा श्रेष्ठको अनुरोध छ ।
श्री स्वस्थानी ब्रतकथा अनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डिह्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेषअंग पतन भएको किवंदन्ती छ । थकित त तिर्खाले ब्याकुल बनेका महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको भन्ने धार्मिक मान्यता छ । यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् ।
यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । सिद्धार्थ राजमार्गसंग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागी स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङलगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
साथै, अध्यक्ष श्रेष्ठले मन्दिरको ब्यवस्थापकिय एवं भौतिक निर्माणका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको बिशेष योगदान रहेको स्मरण गर्नुभयो । उहाँ लगायत लगायत जिल्ला स्थित अन्य स्थानीय तह, पत्रकार, भीरकोटबासी, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय र स्वयंसेवी तथा सम्पूर्ण सहयोगीका सकारात्मक सहयोगबाट जिल्लामै पहिलो पटक आयोजित महापुराण र महाआरती लक्ष्य भन्दा बढी सफलता प्राप्त गर्न सकेको बताउनुभयो ।
मन्दिर सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार गोविन्दकुमार कर्माचार्यले स्वागत एवं सचिव कृष्णप्रसाद श्रेष्ठले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…