चापाकोट ५ मा बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु ।
अमृत वोस्ती /आँधीखोला खबर :
स्याङ्जाको चापाकोट नगरपालिका ५ सेखाममा रहेको सेखाम सन्देश युवा क्लवको १८ औं बार्षिकोत्सवको अवसरमा बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै चापाकोट खेलकुद बिकास समितिका अध्यक्ष निर्मल राना मगर ले खेलकुद मानव जीवनका लागि अपरिहार्य रहेको बताउनु भयो । उहाँले बिजया दशमी तथा दिपावलीको अवसरमा सवैलाई सकारात्मक सोचको बिकास हुने शुभाकामना दिनुभयो । चापाकोट उद्यागे बाणिज्य संघका उपाध्यक्ष समेत रहनु भएका रानाले
नेपाली सस्कृती,परम्परा र रीति रिवाजको संरक्षणमा सबै लाग्नु पर्ने मा जोड दिनुभयो ।
उहाँले सरकार दुई तिहाई को दम्भ मा नै डुवेको भन्दै देश र जनताका लागि केही गर्न नसकको आरोप लगाउनु भयो ।

कार्यक्रममा चापाकोट नगरपालिकाका तरुणदलका उपाध्यक्ष एवं युवा नेता लाल बाहादुर घर्तीले पनि क्लवले गरेका सामाजिक कार्यको प्रसंसा गर्नु भएको थियो ।
सो अवसरमा सामाजिक , सास्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
क्वलका अध्यक्ष कमल मल्ल ठकुरीको सभापतित्वमा उद्घाटन समारोह भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


