चापाकोट ५ मा बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु ।

अमृत वोस्ती /आँधीखोला खबर :
स्याङ्जाको चापाकोट नगरपालिका ५ सेखाममा रहेको सेखाम सन्देश युवा क्लवको १८ औं बार्षिकोत्सवको अवसरमा बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।


कार्यक्रमको उद्घाटन गर्दै चापाकोट खेलकुद बिकास समितिका अध्यक्ष निर्मल राना मगर ले खेलकुद मानव जीवनका लागि अपरिहार्य रहेको बताउनु भयो । उहाँले बिजया दशमी तथा दिपावलीको अवसरमा सवैलाई सकारात्मक सोचको बिकास हुने शुभाकामना दिनुभयो । चापाकोट उद्यागे बाणिज्य संघका उपाध्यक्ष समेत रहनु भएका रानाले
नेपाली सस्कृती,परम्परा र रीति रिवाजको संरक्षणमा सबै लाग्नु पर्ने मा जोड दिनुभयो ।
उहाँले सरकार दुई तिहाई को दम्भ मा नै डुवेको भन्दै देश र जनताका लागि केही गर्न नसकको आरोप लगाउनु भयो ।


कार्यक्रममा चापाकोट नगरपालिकाका तरुणदलका उपाध्यक्ष एवं युवा नेता लाल बाहादुर घर्तीले पनि क्लवले गरेका सामाजिक कार्यको प्रसंसा गर्नु भएको थियो ।
सो अवसरमा सामाजिक , सास्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
क्वलका अध्यक्ष कमल मल्ल ठकुरीको सभापतित्वमा उद्घाटन समारोह भएको थियो ।

Facebook Comments Box
TOP