विपिको आदर्शलाई सवैले आत्मसात गरौं : पौडेल ।

आँधीखोला खवर/बाग्लुङ :

जननायक बिपी कोइरालाको १०६ औँ जन्म जयन्तीका दिन मंगलबारदेखि दोस्रो चरणको अभियानको जागरण अभियान देशैभर शुरु भएको छ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका साथ शुरु भएको दोस्रो चरणको जागरण अभियान हरेक प्रदेश सभामा सुरुभएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि ३ सय ३० जना प्रतिनिधिलाई जिम्मेवारी दिएको नेपाली काँग्रेसले जनाएको छ ।

बाग्लुङमा पनि वीपी जन्मजयन्ती पारेर दोश्रो चरणको जागरण अभियान थालनी भएको छ । केन्द्रीय कार्यालयको निर्दैशन बमोजिम विरुवा रोपेर र स्थानीयबासीसँग अन्तरक्रिया गर्दे जागरण अभियान थालनी गरिएको हो ।

बाग्लुङको निर्वाचन क्षेत्र नम्वर २ प्रदेश क मा भएको कार्यक्रमको उदघाटन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं युवा नेता विष्णु पौडेलले कार्यक्रमको विपिको आदर्शलाई सवैले आत्मसात गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, विपिको बिचारबाट विचलित हुँदा कांग्रेसमा समस्या आएको छ । अव यसलाई आत्मसात गरौं ।

कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको बिकल्प नभएको स्पष्ट पार्नु भयो । कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख भरत गैह्रे, कांग्रेस जिल्ला सदस्य फम खत्री, महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे, शंकर पुन लगायतले बोलेका थिए ।

तिलक घर्ती मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन योगेश भण्डारीले गर्नु भएको थियो । अभियान असोज सात गते सम्म चल्ने छ ।

Facebook Comments Box
TOP