विपिको आदर्शलाई सवैले आत्मसात गरौं : पौडेल ।
आँधीखोला खवर/बाग्लुङ :
जननायक बिपी कोइरालाको १०६ औँ जन्म जयन्तीका दिन मंगलबारदेखि दोस्रो चरणको अभियानको जागरण अभियान देशैभर शुरु भएको छ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका साथ शुरु भएको दोस्रो चरणको जागरण अभियान हरेक प्रदेश सभामा सुरुभएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि ३ सय ३० जना प्रतिनिधिलाई जिम्मेवारी दिएको नेपाली काँग्रेसले जनाएको छ ।
बाग्लुङमा पनि वीपी जन्मजयन्ती पारेर दोश्रो चरणको जागरण अभियान थालनी भएको छ । केन्द्रीय कार्यालयको निर्दैशन बमोजिम विरुवा रोपेर र स्थानीयबासीसँग अन्तरक्रिया गर्दे जागरण अभियान थालनी गरिएको हो ।

बाग्लुङको निर्वाचन क्षेत्र नम्वर २ प्रदेश क मा भएको कार्यक्रमको उदघाटन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं युवा नेता विष्णु पौडेलले कार्यक्रमको विपिको आदर्शलाई सवैले आत्मसात गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, विपिको बिचारबाट विचलित हुँदा कांग्रेसमा समस्या आएको छ । अव यसलाई आत्मसात गरौं ।
कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको बिकल्प नभएको स्पष्ट पार्नु भयो । कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख भरत गैह्रे, कांग्रेस जिल्ला सदस्य फम खत्री, महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे, शंकर पुन लगायतले बोलेका थिए ।
तिलक घर्ती मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन योगेश भण्डारीले गर्नु भएको थियो । अभियान असोज सात गते सम्म चल्ने छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


