बैंकको सप्टवेर ह्याक गरी ६५ लाख आफ्नो खातामा तान्ने भुषाल स्याङ्जाबाट पक्राउ ।
आँधीखोला खवर/स्याङ्जा :
कृषि विकास बैंकको सफ्टवेर ह्याक गरी ६५ लाख आफ्नो खातामा तान्ने ढाकाराम भन्ने रामकृष्ण भुसाललाई प्रहरीले स्याङ्जाको वालिङबाट नियन्त्रणमा लिएको छ ।
प्रतिक्षा निर्माण सेवाका सञ्चालक वालिङ ९ का ४० बर्षिय भुसाललाई स्याङ्जाको वालिङबाट आज प्रहरीले पक्राउ गरेको हो । सफ्टवेर ह्याक गरी कृषि विकास बैंकबाट आफ्नो खातामा जम्मा गरिएको ६५ लाख भने भुसालले निकालि नसकेको प्रहरी जनाएको छ ।
कृषि विकास बैंक ह्याक गरी एटिएमबाट पैसा निकाल्ने बिभिन्न व्यक्तिलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । स्याङ्जा प्रहरीले पक्राउ गरेकोे भुसाललाई काठमाडौं पठाई अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीले पानस रेमिट र कृषि विकास ब्यांकको सफ्टवेयर ह्याक गरेर जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए ।
त्यसमध्ये १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ । प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ ।
यसका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका थिए । उनले रु पाँच अर्ब निकाल्ने योजना बनाएको खुल्न आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


