भीरकोटमा पनि मनाईयो बाल दिवस ।
एशीवशरण महत/भीरकोट :
राष्ट्रिय बाल दिवस भीरकोटमा पनि मनाईएको छ । सुनिश्चित बालअधिकार समृद्ध नेपालको आधार भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कार तिवरण गरेको हो । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले विद्यार्थीको स्तर अन्तराष्ट्रिय स्तरको हुनु पर्ने भन्दै आफूहरु त्यसमा लागि परेको जानकारी दिनुभयो । प्रमुख खनालले भीरकोटलाई आगामी चैत्र भित्र बालमैत्रि नगर घोषणा गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । ५ खम्बे नीति अन्र्तगत १ खम्बेमा बाल बचाउ, संरक्षण, विकास र सहभागिता रहेको भन्द प्रमुख खनालले भन्नुभयो, “नगरपालिकामा कोही बालबालिका पनि शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस ।”

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खांणले भीरकोट नगरपालिकाले छोटो अवधिमा नमुना मुलक कार्यहरु गर्न लागि रहेको भन्दै धन्यवाद समेत दिनुभयो । प्रमुख खाँणले भन्नुभयो, “ हामीले नमुनायुक्त क्रियाकलापको अनुशरण गर्दै दुई नगरपालिका बीचमा समन्वय गर्नेछौं ।”

कार्यक्रममा नेकपाका भीरकोट नगर सचिव विश्वनाथ अर्याल, नेपाली कागे्रस महाधिवेसन प्रतिनिधि गोविन्दकुमार कर्माचार्य, दहथुम बहुमखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष पिताम्बर श्रेष्ठ, पब्लिक एकेडेमी माविका शिक्षक देवकी रेग्मी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा कक्षा ३ का विद्यार्थी बीच भएको पठन सिप प्रतियोगिता, वातावरण दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिताका विजेता, अन्तरमावि स्तरीय वतृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता, तथा उपविजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । भीरकोट नगर बाल संजालका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङगाना र सञ्चालन संजाल सचिव सुजाता खत्री र सदस्य यूविना गुरुङले गर्नुभएको थियो ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


