राष्ट्रिय बाल दिवसमा बिबिध कार्यक्रम ।

भवानी अधिकारी/स्याङ्जा :
राष्ट्रिय बाल दिवस बिबिध कार्यक्रम गरी मनाइएको छ । बाल दिवसको अवसर पारेर जिल्ला बालसंगठन स्याङ्जाले अर्जुनचौपारी गाउँपालिका १ मा बालबालिकाहरुकोे निशुल्क स्वास्थ्य परिक्षण एवं मंचीय कार्यक्रम गरेर मनाएको छ ।


जिल्ला अस्पताल स्याङ्जाको प्राबिधिक सहयोग तथा अर्जुनचौपारी गाउँपालिकाको ब्यवस्थापनमा ३ सय २९ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको हो । साथै, सो परिक्षणमा आउनेबीच प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिएको थियो ।
स्वस्थ्य बालबालिका प्रतियोगितामा दिपशिखा देवकोट प्रथम भएका छन । यसैगरी, अरवीन गुरुङ र मुनाकुमारी विक क्रमश ः द्धितिय र तृतीय भएको बालसंगठनका सचिव सुनिलबाबु चापागाईले जानकारी दिनुभयो ।
कार्यक्रमको उदघाटन गर्दै गाउपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले बालबालिकाको नियमित स्वास्थ्य परिक्षण गराइरहनु पर्ने बताउदै यस्ता कार्यक्रमले बालबालिकाको शारिरीक एवं मानसिक बृद्धि हुनेमा जोड दिनुभयो । साथै, अध्यक्ष अर्यालले सबै बालबालिकाको खान, बस्न, स्वास्थ्य, शिक्षाको उपभोग गर्न पाउने अधिकारको सुनिश्चिता गर्नु पर्ने उहाको भनाई छ ।
कार्यक्रममा उपाध्यक्ष चिनुमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङ, डा. अन्जु अर्याल, उपाध्यक्ष मखमली श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दे आजका स्वस्थ्य बालबालिकाले मात्रै भोलीको भविष्य उज्वल बनाउनेमा जोड दिनुभयो ।
जिल्ला बालसंगठन स्याङ्जाका अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुनिलबाबु चापागाईले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP