अख्तियारमा मुद्धा पर्नेमा स्याङ्जा चौथो जिल्ला,कास्कीका पर्छन सबैभन्दा धेरै मुद्धा ।

अख्तियार दुरुपयोग गर्नेमाथि कारवाही हुन्छ — आयुक्त थापा ।

भवानी अधिकारी/स्याङ्जा :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त साबित्री खड्काले अधिकार दुरुपयोग गर्ने जो कोही साना वा ठूला सबैलाई कारवाही गर्ने बताउनु भयो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराद्धारा आइतवार स्याङ्जामा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रियापछि जवाफ दिदै आयुक्त थापाले दुरुपयोगकर्ता ढिलो चाडो अख्तियारको नियन्त्रणमा आउने बताउनु भएको हो । उहाँले भन्नुभयो, “आफनै आयुक्तलाई मुद्धा चलाउने अख्तियारले दुरुपयोगकर्ता अरु कसैलाई छाड्दैन ।”
कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले कर्मचारी र जनप्रतिनिधीको मानसिकतामा परिवर्तन आउनु पर्ने बताउदै कानूनले तोके बमोजिमका काम, कारवाही गर्न गराउन सकेमा दुरुपयोग नहुनेमा जोड दिए ।
अन्तरक्रियामा आयोगका सहन्यायधीवक्ता अच्युतमणी नेउपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम, कर्तब्य अधिकारका बारेमा र पोखरा शाखाका उपसचिव मेघनाथ रिजालले गण्डकी प्रदेशका बारेमा अख्तियार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।


कार्यालयका अनुसार गण्डकी प्रदेशमा ८ सय २८ वटा मुद्धा दर्ता भएकोमा स्याङ्जाका ६४ थान मुद्धा दर्ता भएकोमा ३० वटा मुद्धा किनारा लागिसकेको छ । गण्डकी प्रदेशमा स्याङ्जा चौथो स्थानमा धेरै मुद्धा दर्ता हुने जिल्ला भएको हो । कास्की, पर्वत र तनहुपछि स्याङ्जाबाट अख्तियार दुरुपयोग सम्बन्धी मुद्धा दर्ता भएको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार रिसवत लिने दिने, राजश्व चुहावट, सार्वजनिक शक्तिको दुरुपयोग, पक्षपात, किर्ते जालसाजी, गैरकानून अभ्यास, अधिकारको दुरुपयोग, नपाएको ओहदा पाए भन्ने, गलत प्रतिवेदन दिने लगायतलाई भ्रष्टाचारजन्य कार्य मानिन्छ ।
अन्तरक्रियामा पुतलीबजार ३ का वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ, १३ का अध्यक्ष ख्यामनारायण अधिकारी, अर्जुनचौपारीका खडानन्द पौडेल र लालबहादुर गुरुङ, भीरकोट २ का अध्यक्ष कमल त्रिपाठी र राजेन्द्र केसी, ४ का चन्द्रबहादुर बस्नेत लगायतले जनप्रतिनिधीले छिटो छरितो शिफारिस गर्नु पर्ने, छिटो छरितो काम गर्दा कहिले आफैं फसिने पो हो की भन्ने चिन्ता बढेको बताए ।

Facebook Comments Box
TOP