अपडेट : गल्याङमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुग्यो, घाईतेहरुको पाल्पामा उपचार हुँदै ।
आँधीखोला /गल्याङ :
स्याङ्जाको गल्याङ ३ मा जिप दुर्घटना हुँदा १ बालक सहित ३ जनाकोे ज्यान गएको छ भने २० जना घाईते भएकाछन् । पाल्पाको रम्भा गाँउपालिकाबाट गल्याङ्का लागि छुटेको लु १ ज ३८४१ नम्वरको जिप गल्याङ बजार नजिकै विपिसीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।
दुर्घट्नामा रम्भा हुगीकी ६० बर्षिय थलीमाया सार्की, सोही ठाँउकै ३४ बर्षिय मन्जु भण्डारी गैह्रे र वालिङ १३ का ९ महिने बालक प्रशन्न परियारको मृत्यु भएको हो । गैह्रे र नेपालीको उपचारका क्रममा मृत्यु भएको हो भने बालकको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये १८ जनाको पाल्पामा उपचार भईरहेको छ । दुई जनाको गल्याङमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीज मनाएर फर्किएका महिलाहरु परेको बताईएको छ । अत्यन्तै ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


