तीज मनाएर फर्किएका महिला सवार जिप दुर्घटना २ जनाको मृत्यु, २१ जना घाईते ।
आँधीखोला खवर /स्याङ्जा :
स्याङ्जाको गल्याङ ३ मा जिप दुर्घटना हुँदा १ बालक सहित दुईजनाकोे ज्यान गएको छ भने २० जना घाईते भएकाछन् । पाल्पाको रम्भा गाँउपालिकाबाट गल्याङ्का लागि छुटेको ग १ ज ३८४१ नम्वरको जिप गल्याङ बजार नजिकै विपिसीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।

वालिङ नगरपालिका १४ का बालकको घट्नास्थलमै मृत्यु भएको छ भने रम्भा गाँउपालिकाकी ५५ बर्षिय खनीमाया नेपालीको उपचारका लागि पाल्पा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालककका अभिभावक उपचारका लागि पाल्पामा रहेकाले सनाखत हुन नसकको प्रहरीले जनाएको छ ।
घाईते मध्ये १९ जनालाई उपचारका लागि पाल्पा पठाईएको छ । दुई जनाको गल्याङमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाईएका घाईतेमध्ये ११ महिला र ८ जना पुरुष रहेका छन ।
दुर्घटनामा तीज मनाएर फर्किएका महिलाहरु परेको बताईएको छ । अत्यन्तै ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


