स्याङजामा अवैध हतियार सहित एकजना पक्राउ ।

भवानी अधिकारी/स्याङजा : स्याङजाको वालिङमा अवैध हतियार सहित एकजना पक्राउ परेका छन् । वालिङ नगरपालिका–१२ निवासी ओमबहादुर भन्ने पमबहादुर सारुलाई अवैध हतियार राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा सारुले अवैध हातहतियार खरखजाना लुकाइराखेको सूचना पाएपछि प्रहरीले गत बिहीबार सारुको घर खानतलासी गर्दा ती सामाग्री फेला पारेको जनाएको छ ।
उनको कोठाबाट भरुवा बन्दुक २ वटा, नेपाल कम्युनिस्ट पार्टी माओवादी लेखिएको पुस्तक ४ वटा, सम्मानपत्र एउटा, मोबाइल एउटा, १२ भोल्टको जीएफ लेखिएको एउटा ब्याट्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सारुलाई अदालतबाट शुक्रबार म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…