स्याङजामा अवैध हतियार सहित एकजना पक्राउ ।
भवानी अधिकारी/स्याङजा : स्याङजाको वालिङमा अवैध हतियार सहित एकजना पक्राउ परेका छन् । वालिङ नगरपालिका–१२ निवासी ओमबहादुर भन्ने पमबहादुर सारुलाई अवैध हतियार राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा सारुले अवैध हातहतियार खरखजाना लुकाइराखेको सूचना पाएपछि प्रहरीले गत बिहीबार सारुको घर खानतलासी गर्दा ती सामाग्री फेला पारेको जनाएको छ ।
उनको कोठाबाट भरुवा बन्दुक २ वटा, नेपाल कम्युनिस्ट पार्टी माओवादी लेखिएको पुस्तक ४ वटा, सम्मानपत्र एउटा, मोबाइल एउटा, १२ भोल्टको जीएफ लेखिएको एउटा ब्याट्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सारुलाई अदालतबाट शुक्रबार म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


