संविधान दिवस : आँधीखोलामा आज साहसिक जलयात्रा गरिदै ।
आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जाको पहिचानको रुपमा रहेको धार्मिक एवं पौराणिक किंवदन्तीसँग जोडिएको आँधीखोलामा आज र भोलि साहसिक जलयात्रा हुँदैछ । ‘पहिला देश अनिमात्रै विदेश’ भन्ने मुल नाराका साथ नेपालको संविधान दिवसका अवसरमा वण्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहकार्यमा भीरकोट १ हेलुदेखि वालिङ १३ बायँटारीसम्म जलयात्रा गर्न लागिएको हो ।

संस्थाको अगुवाईमा विगतका वर्षमा पनि आँधीखोलामा सफल जलयात्रा गरिसकिएको संस्थाका कार्यबहाक अध्यक्ष आशिषप्रताप खाँणले जानकारी दिनुभयो । यसवर्ष पनि संविधान दिवसको अवसरमा आज र भोलि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
संविधान दिवसका अवसरमा आयोजना गरिएको सहासिक जलयात्रालाई वालिङ नगरपालिकाले सहकार्य गरेको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


