आँधीखोलामा उत्साहजनक सहभागिताका साथ जलयात्रा गरियो (फोटोफिचर) ।
राधाकृष्ण डुम्रे/स्याङ्जा
स्याङ्जाको पहिचानको रुपमा रहेकोे आँधीखोलामा साहसिक जलयात्रा÷र्याफ्टिङ गरिएको छ । ‘पहिला देश अनिमात्रै विदेश’ भन्ने मुल नाराका साथ नेपालको वण्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहकार्यमा भीरकोट १ हेलुदेखि वालिङ १३ बायँटारीसम्म जलयात्रा गरिएको हो ।

श्रवणकुमारका अन्धा बाबुआमाको अश्रुधाराबाट बहेको ऐतिहासिक किंवदन्ती संग जोडिएको आँधीखोलाले स्याङजाको प्राकृतिक सौन्दर्यता बढाउनुका साथै पर्यटन विकासको प्रचुर सम्भावना रहेकोले यसको संबद्र्धन र प्रबर्धन गर्ने उद्देश्यका साथ जलयात्राको आयोजना गरिएको संस्थाका कार्यबाहक अध्यक्ष आशिष प्रताप खाँणले जानकारी गराउनुभयो ।
सस्थाले हरेक वर्ष जलयात्रा गराउदा आँधीखोलाको देश बिदेश सम्म प्रचार प्रसार तथा पहिचान झन्किने आयोजकले जनाएको छ । दुई दिन आयोजना गरिएको जलयात्रामा १ सय ५० जनाको सहभागिता रहेको सस्थाले जनाएको छ । भीरकोट र पुतलीबजार नगरपालिकाको सिमाना हेलु देखि वालिङको बायाटारी सम्म करिब २५ किलोमिटर को दुरिमा जलयात्रा गरिएको हो ।
आधिखोलाको प्राकृतिक सौन्दर्यतासँगै रमाउदै साहसिक यात्रा गर्न पाउँदा निक्कै रमाईलो लागेको सहभागिहरुले बताएकाछन् ।
तस्वीर : दिनेश तामाङ/प्रसुन सिंजाली मगर/गणेश राउत












समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


