आँधीखोला लघुवित्तले दियो कर्मचारीलाई जोखिम न्युनिकरण सम्वन्धी तालिम ।
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
आँधीखोला लघुवित्त संस्थाले आफ्ना कर्मचारीलाई फिल्ड तथा अभिलेख व्यवस्थापन र जोखिम न्युनिकरण सम्वन्धी तालिम प्रदान गरेको छ । १० जिल्लाका १९ कार्यालयका २४ जना कर्मचारीलाई लघुवित्तले उक्त तालिम प्रदान गरेको हो । स्याङजा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रहेको लघुवित्त संस्थाले लगानी र वचतलाई सुक्षित बनाउन महत्वपूर्ण भुमिका कर्मचारीको हुने हुदा तालिम प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले जानकारी दिनुभयो । संस्थाले दुईदिन सम्म कर्मचारीलाई तालिम प्रदान गरेर संस्थालाई मजबुद बनाउने अभियान सहित आगामी दिनका लागि अगाडि बढेको संस्थाका अध्यक्ष नरेश केसीको भनाई छ ।

तालिमको सहजीकरण संस्थाका विभिन्न विभागीय प्रमुख बावुराम कुँवर, खेमनारायण रेग्मी, कुलदेव लामिछाने र खगराज मरासिनीले गरेका थिए । संस्थाले हाल सम्म १५ हजार सदस्यलाई ७१ करोड कर्जा लगानी र २४ करोड बचत परिचालन गरेको संस्थाका अध्यक्ष नरेश केसीले जानकारी दिनुभयो । संस्थाको चुक्त पुँजी १० करोड रहेको छ भने भर्खरै शेयर बजारमा प्रवेश गरेको अध्यक्ष केसीको भनाई छ । अत्यन्तै चनाखो र सबै सगँ हातेमालो गरेर काम गर्न कर्मचारीलाई अध्यक्ष केसीले निर्देशन समेत दिएका छन् । गएको आर्थिक बर्षमा संस्थाले करिव २ करोड मुनाफा कमाउन सफल भएको संस्थाले जनाएको छ ।

समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


