चाडपर्व नजिकिदै जाँदा ट्राफिक सचेतना कार्यक्रम ।

प्रदिप कोईराला/स्याङ्जा : चाडवाडका वेला हुन सक्ने सम्भावित दुर्घटनालाई मध्येनजर गर्दै सोमवार जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले सोमवार वालिङमा सवारी चालक र स्थानीयवासी संग सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वालिङ् नगरपालिका स्थित मिर्दि चोकमा राजमार्ग तथा ग्रामिण भेगमा चल्ने सवारीका चालक सहचालक तथा यात्रुहरु गरी उपस्थित गरि उनीहरुलाई ट्राफिक नियम र सवारी दुर्घटना सम्वन्धी जानकारी दिइएको थियो ।

चाडबाडको समयमा चालक तथा यात्रुको लापरबाहिका कारण जोखिम पुर्ण यात्रा गर्दा हुन सक्ने सम्भाबित सवारी दुर्घटना न्यूनिकरण गर्न आम सर्वसाधारण देखि सवारी धनी, चलकहरु पूर्णरुपमा जिम्मेवार हुनुपर्ने वताएका थिए । कार्यक्रममा झण्डै दुई सय जनाको उपस्थिती रहेको थियो । प्रहरीले ट्राफिक स्लोगन लेखिएका पर्चा समेत वितरण गरिएको थियो ।

Facebook Comments Box
TOP