‘युवा वर्ष मोति पुरस्कार’ धनकुटे कान्छा र फूलमान वललाई संयुक्त रुपमा दिइने
काठमाण्डौ – यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा) झापा र फूलमान वल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति तथा युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषको स्थापना भएको थियो । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । युवा साहित्यकारद्वयलाई रकमसहित स्वर्णपदकले सम्मान गरिनेछ ।
पुरस्कार छनोट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार बसेको बैठकले उहाँहरूलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । आउँदो भदौ १३ गते १५४ औँ मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान प्रदान गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिनुभयो ।
कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युवा कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छ । हालसम्म यो पुरस्कारबाट ६७ जना स्रष्टा सम्मानित भइसक्नु भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


