‘युवा वर्ष मोति पुरस्कार’ धनकुटे कान्छा र फूलमान वललाई संयुक्त रुपमा दिइने

काठमाण्डौ – यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा) झापा र फूलमान वल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति तथा युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषको स्थापना भएको थियो । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । युवा साहित्यकारद्वयलाई रकमसहित स्वर्णपदकले सम्मान गरिनेछ ।
पुरस्कार छनोट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार बसेको बैठकले उहाँहरूलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । आउँदो भदौ १३ गते १५४ औँ मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान प्रदान गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिनुभयो ।
कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युवा कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छ । हालसम्म यो पुरस्कारबाट ६७ जना स्रष्टा सम्मानित भइसक्नु भएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…