वालिङ उद्योग बाणिज्यको नयाँ कर नीति सचेतना अभियान प्रभावकारी ।
राधाकृष्ण डुम्रे/वालिङ :
वालिङ उद्योग बाणिज्य संघको नयाँ कर नीतिका बारेमा जानकारी दिन चलाएको अभियान प्रभावकारी देखिएको छ । संघले नगरका विभिन्न ठाउँमा गरेका कार्यक्रमहरुमा व्यवशायीको उत्साहजनक सहभागितले कर नीतिका बारेमा जानकारी गराउने अभियान प्रभावकारी भएको हो ।

सरकारले यही साउन १ गते बाट लागू गरेको नयाँ करनीतिका बारेमा जानकारी गराउन टोल अभियान सञ्चालन गरेको थियो । परिवर्तित करनीतिका बारेमा बुझ्न पाउदा स्थानीय व्यवशायीहरु उत्साहित भएको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताउनु भयो ।
कार्यक्रममा झोले व्यापारीहरुका कारण आफू मारमा परेको व्यवशायीले गुनाशो समेत गरेका थिए । नयाँ व्यवस्था प्रति आफूहरु प्रतिवद्ध हुँदा हुदै पनि नजानेर गल्ती हुन सक्ने भन्दै व्यवशायीहरुले कर शिक्षा कार्यक्रम निरन्तर सञ्चालन गर्न माग समेत गरे ।
गत विहिवारबाट शुरु भएको अभियान शनिवार सम्पन्न गरिएको छ । संघले रामबाच्छाबाट शुरु गरेको अभियान वायँटारीमा भेला गरेर सम्पन्न गरेको हो । अभियान सकिए पनि व्यवशायीहरुले संघको सचिवालयमा आएर नयाँ व्यवस्थाका वारेमा जानकारी लिन सक्ने संघका महासचिव ध्रुव खाँणले जानकारी दिनुभयो ।

वायटारीमा भएको कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले ऐन निति नियमका बारेमा बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । कानुनले अन्जानमा गरेको गल्ती भनेर छुट नदिने भन्दै समयमै सचेत रहन व्यापारीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा वडा नं १३ का अध्यक्ष आनन्द पाठकले व्यवसायलाई पारदर्शी बनाउने नयाँ नीति नियमले सघाउ पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा संघका पुर्व अध्यक्ष पुण्यप्रसाद अर्याल, वरिष्ठ उपाध्यक्ष अर्जुन प्रसाद खनाल लगायतले बैंक र करलाई व्यवस्थित गर्न सके व्यवसायको हित हुने बताए ।
संघका अध्यक्ष शोभाकान्त पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव ध्रुव खाणँले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


