वालिङ उद्योग वाणिज्य संघ टोलटोलमा, व्यापारीलाई नयाँ करनितिका बारेमा जानकारी ।

कला राना/वालिङ :
वालिङ उद्योग बाणिज्य संघले टोल भेला कार्यक्रम मार्फत सरकारले यही साउनबाट लागू गरेको नयाँ करनितिका बारेमा जानकारी दिने अभियान विहिबारदेखि शुरु गरेको छ । संघले टोल भेला गरी व्यापारी तथा व्यवसायीलाई कर शिक्षा प्रदान गर्नुका साथै संघका गतिविधि समेत सार्वजानिक गरेको छ । विहिबार पहिलो टोल भेला वालिङ १ रामबाच्छामा सम्पन्न भएको छ ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले देशमा समृद्धिका लागि अण्डर बिलिङको अन्त्य हुनुपर्ने भन्दै सुरुवात आँफैबाट शुरु गर्नुपर्ने बताउनुभयो । वालिङ उद्योग वाणिज्य संघले प्रंशसनीय कार्य गरेको भन्दै स्थानीय सरकार र निजि क्षेत्र संगसंगै अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं प्रवक्ता केदार काफ्लेले व्यवसायलाई पारदर्शी बनाउने नयाँ निति नियमले सघाउ पुग्ने भन्दै कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।

कार्यक्रमका बारेमा प्रकाश पार्दै संघका पुर्व अध्यक्ष पुण्यप्रसाद अर्यालले बैंक र करलाई व्यवस्थित गर्न सके व्यवसायको हित हुने बताउनुभयो ।
भेलामा फेवा विजनेसका ट्याक्स काउन्सीलर एवं म्यानेजिङ डिरेक्टर सुरज सुवेदीले देशभत्रि मालबाहक ढुवानी गर्दा गर्नुपर्ने अनलाईन प्रणाली भिसिटिएस, साउनबाट लागू भएको नयाँ कर नितिका बारेमा सहजीकरण गर्नुभएको थियो । संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाल र सञ्चालन महासचिव धु्रव खांणले गर्नुभएको थियो ।
सहभागिहरुले साना व्यापारीका लागी विल लिनेदिने प्रक्रिया प्रभा

वकारी नहुँने, नयाँ करनिति स्पष्ट नबुझिएको, बजारमा अनुगमन निकाय मौन बसेको गुनसो समेत व्यक्त गरे । सरकारले रक्सी, चुरोड, होटल छुट्टाछुट्टै रुपमा सञ्चालन गर्नुपर्ने भनेपनि आवश्यक अनुगमन नहुँदा यी सबै एउटै पसलमा किनबेच भईरहेकोमा गुनासो व्यक्त गरे । त्यस्तै विहिबार वालिङ ६ मिर्दिमा समेत टोल भेला गरिएको छ ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


