रक्षाबन्धनका दिन विद्यालयलाई सार्वजनिक विदा ।
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले रक्षाबन्धन (ऋषि तर्पणी) पर्वका दिन
विद्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगर शिक्षा समितिको सिफारिस तथा नगर कार्यपालिकाको आईतबार बसेको
बैठकले नगरस्थित सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई आगामी बिहीबार
परेको रक्षाबन्धन पर्व तथा ऋणि तर्पणीका उपलक्ष्यमा सार्वजनिक विदा दिने भएको
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताउनुभयो ।
“तागाधारीहरुले महत्वकासाथ मनाउने यस दिनलाई नगर शिक्षा समितिको
सिफारिसमा विदा दिने निर्णय गरिएको हो” प्रमुख प्रशासकीय अधिकृत
सुबेदीले भन्नुभयो, “रक्षाबन्धनका दिन नगरभित्रका सामुदायिक, संस्थागत विद्यालय
तथा अन्य शैक्षिक संस्थाहरुलाई मात्रै सार्वजनिक विदा दिईएको हो ।”
आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि गुरु पुरोहित तथा आफन्तहरुसँग
बैद्धिक जनै तथा रक्षाबन्धन बाँध्न आफन्त तथा ईष्टमित्रकोमा जाने आउने परम्परा
रहेकाले नगर शिक्षा समितिले विदाका लागि गरेको सिफारिसलाई निर्णयार्थ
प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


