रक्षाबन्धनका दिन विद्यालयलाई सार्वजनिक विदा ।
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले रक्षाबन्धन (ऋषि तर्पणी) पर्वका दिन
विद्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगर शिक्षा समितिको सिफारिस तथा नगर कार्यपालिकाको आईतबार बसेको
बैठकले नगरस्थित सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई आगामी बिहीबार
परेको रक्षाबन्धन पर्व तथा ऋणि तर्पणीका उपलक्ष्यमा सार्वजनिक विदा दिने भएको
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताउनुभयो ।
“तागाधारीहरुले महत्वकासाथ मनाउने यस दिनलाई नगर शिक्षा समितिको
सिफारिसमा विदा दिने निर्णय गरिएको हो” प्रमुख प्रशासकीय अधिकृत
सुबेदीले भन्नुभयो, “रक्षाबन्धनका दिन नगरभित्रका सामुदायिक, संस्थागत विद्यालय
तथा अन्य शैक्षिक संस्थाहरुलाई मात्रै सार्वजनिक विदा दिईएको हो ।”
आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि गुरु पुरोहित तथा आफन्तहरुसँग
बैद्धिक जनै तथा रक्षाबन्धन बाँध्न आफन्त तथा ईष्टमित्रकोमा जाने आउने परम्परा
रहेकाले नगर शिक्षा समितिले विदाका लागि गरेको सिफारिसलाई निर्णयार्थ
प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


