भीरकोटले अशक्त नागरिकको घरघरमा पुर्यायो सामाजिक सुरक्षाभत्ता ।

एशिव शरण महत/भीरकोट :
भीरकोट नगरपालिकाले ७० वर्ष कटेका ३५ जना हिडडुल गर्न नस्कने अपाङ्ग,अशक्त वृद्धवृद्धाहरुलाई घरघरमा नै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने कामको शुरुवात गरेको छ ।
आर्थिक बर्ष २०७६/०७७ को पहिलो महिनामा नगर प्रमुख,वडाका जनप्रतिनिधी र वैकका कर्मचारी सहितको टोलीले वडा नम्वर ५ का नागरिकलाई घर घरमा नै पुगेर भत्ता वितरण गरेकोे हो । भीरकोट नगरपालिका वडा न १ मा शाखा रहेको मेघा वैंकको सहकार्यमा वडा नम्वर ५ बाट यो अभियानको शुरु गरिएको हो ।


जसका लागि सामाजिक सुरक्षा भत्ता आएको हो उस्ले आफ्नो हातमा नपाउने गरेको गुनासो वारम्वार सुन्नमा आएको भन्दै नगरपालिकाले घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको कार्य शुरु गरेको नगर प्रमुख छायाराम खनालले बताउनु भयो ।
यसघि यस्ता नागरिकहरुकोे भत्ता आफ्ना घरपरिवारका सदस्यले वुझ्दै आएका थिए । रकम वुझी लगेर वृद्ध वुवा आमालाई कमै मात्रामा दिने गरेको गुनाशो आएको बताईएको छ ।


समय मिलाएर यस्ता नागरिकहरुलाई घरघरमा नै पुगेर सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिने मेघा वैंक वयरघारीका प्रवन्धक रविन्द्र नेपालले वताउनु भयो । यो सगै भीरकोट नगरपालिकाका सवै वडामा ७० वर्ष कटेका र हिडडुल गर्न नस्कने अपाङ्ग,अशक्क्तहरुलाई घरघरमा गएर सुरक्षा भत्ता वितरण गरिने नगर प्रमुख खनालले वताउनु भयो ।

Facebook Comments Box
TOP