भीरकोट नगरपालिका भित्र सञ्चालीत सहकारी संस्थाहरु विच अन्तरक्रिया ।
एशिव शरण महत/भीरकोट :
भीरकोट नगरपालिका भित्र सञ्चालीत सहकारी संस्थाहरु वीच अन्तरक्रिया गरिएको छ । भीरकोट नगरपालिकाको आयोजनमा “दीगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी” भन्ने नारा सहित अन्तरक्रिया गरिएको हो ।

भीरकोट नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुका अध्यक्ष र प्रवन्धकहरुको उल्लेखनिय सहभागीता रहेको कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गरी नगरवासीको आर्थिक स्थीतिलाई वृद्धी गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्थाहरु नगरपालिकाको माताहतमा आएकोले सहकारीका हरेक गतिविधि नगरपालिकालाई जानकारी गराउन र हरेक सहकारी संस्थालाई नगरपालिकामा नियमित दर्ता गरी अभिलेखिकरण गर्न आग्रह गर्नु भयो । प्रमुख खनालले नगरपालिकाले सहकारी ऐन २०७५ वनाएर लागु गरीसकेको समेत जानकारी गराउदै, धेरै सहकारी वनाउन भन्दा सहकारी मर्ज गरी सवल र वलियो सहकारी निर्माण तर्फ लाग्नु पर्ने आजको आवश्यकता रहेको खनालले वताउनुभयो ।
सहकारी संस्थाहरु विच भएको अन्तरक्रियामा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख विश्वनाथ गौतम र कृषी ज्ञान केन्द्र स्याङ्जाका अधिकृत इश्वरी प्रसाद अर्यालले आफ्ना कार्यालयले कृषकहरुलाई प्रदान गर्ने सेवा , सुविधाका वारेमा जानकारी गराएका थिए । त्यसै गरी भीरकोट नगरपालिका आर्थिक विकास शाखाका अधिकृत शन्तोष ढकालले दीगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी र सहकारीका समसामायिक विषयमा प्रस्तुती दिनुभएको थियो ।
कायक्रममा भीरकोट नगरपालिका वडा न १ का वडा अध्यक्ष एंव नगर प्रवक्ता दिपेन्द्र केसी, ४ का वडा अध्यक्ष चन्द्र वहादुर वस्नेत, माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्था का अध्यक्ष डोलराज ढुङ्गाना, ओम कृषी सहकारीका अध्यक्ष ख्याम केसी, ग्रामिण वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दुर्गादत्त भुषाल र व्यवस्थापकहरुको तर्फवाट शुभ लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक किरण केसी लगायतले सहकारी सम्वन्धी आ आफ्ना भनाइ राखेका थिए ।
भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन योजना अधिकृत याम प्रसाद रेग्मी र स्वागत भीरकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हेम प्रसाद आर्चायले गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा भीरकोट दुग्द्य सहकारी संस्थालाई यूरीया मोलासेस मिनरल व्लक मेशिन शत प्रतिशत अनुदानमा प्रदान गरीएको छ । भने भीरकोट नगरपालिका भित्र अहिले ३३ वटा सहकारी संस्था संचालनमा आएका छन् ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


