स्याङ्जाको भीरकोटमा बृद्ध भत्ता घरघर ।

प्रकाश डोटेल/स्याङ्जा :

संघीयता लागु भएसँगै सिंहदरबारको अधिकार घरघरमा आयो भन्ने घोषणाले खुसि देखिएका सर्वसाधारण पछिल्लो समय दोहोरो कर तीर्नुपर्ने, अपेक्षाकृत सेवा सुविधा नपाउँदा संघीयतासँग वाक्क भएका छन् । संघीयतालाई स्थापित बनाउन केहि स्थानीय तहले सहनीय कामको थालनी गरेका छन्, यहि सहनीय कामको थालनी स्याङ्जाको भीरकोट नगरपालिकाले गर्न थालेको छ ।

सहनीय कामको थालनी स्वरुप भीरकोट नगरपालिकाले घरघरमा पुगेर बृद्धभत्ता वितरण गरेको छ । ६ हजार बृद्धभत्ताको लागि १० हजार खर्च हुने गुनासो बृद्धहरुले गरिरहेका बेला नगरपालिकाले घरघरमै पुगेर भत्ता वितरण गरेको हो ।

नगरपालिकाको वडा ५ का ७० वर्ष नाघेका हिडडुल गर्न नस्कने अपाँङ्ग, अशक्त ३५ जना बृद्धहरुलाई घरघरमै पुगेर भत्ता वितरण गरिएको नगरप्रमुख छायाराम खनालले बताउनु भयो । यस अघी बृद्धाहरुको भत्ता आफ्ना घरपरिवारका सदस्यले बुझ्दै आएका थिए ।

“जसको लागि सामाजिक सुरक्षा भत्ता आएको हो उसले आफ्नो हातमा नपाउने गरेको गुनासो आएपछि नगरपालिकाले बृद्धबृद्धाको घरघरमा गएर भत्ता वितरण कार्य हौं ।” नगर प्रमुख खनालले भन्नुभयो, “घरघरमा पुगेर भत्ता दिदा परिवारका सदस्य भत्ता बुझ्ने तर बृद्धबृद्धाले नपाउने समस्या समेत हट्नेछ ।”

आफ्नो भत्ता रकम बुबा आमालाई कमै मात्रामा दिने गरेको भेटिएपछि ७० वर्ष अशक्त बृद्धहरुलाई घरघरमा गएर सुरक्षा भत्ता वितरण गरेको मेघा बैंक नेपाल वयरघारी शाखाका प्रवन्धक रविन्द्र नेपालले बताउनु भयो । उहाँका अनुसार आर्थिक वर्षको पहिलो महिनामै नगर प्रमुख, वडाका जनप्रतिनिधि र बैंकका कर्मचारी सहितको टोलीले घरघरमा पुगेरा भत्ता वितरण गरिएको हो ।

बैँकिङ सेवा पारदर्शी भएपनि लामो समय लाईन बसेर भत्ता बुझ्नुपर्दा भत्ताभन्दा दोब्बर रकम बिरामी भएर खर्च हुने भन्दै बृद्धाहरुले गुनासो गरेका थिए । गुनासो आएपछि नगरपालिकाका सबै वडाका ७० वर्ष काटेका हिडडुल गर्न नस्कने अपाँङ्ग, अशक्त बृद्धहरुलाई घरघरमा गएर सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको नगर उपप्रमुख सिमा कर्माचार्यले बताउनु भयो ।

Facebook Comments Box
TOP