भीरकोट नगरपालिकालाई हर्वल टुरिजम हबको रुपमा विकास गर्दैछौं : प्रमुख खनाल ।
आँधीखोला खवर/भीरकोट :
भीरकोट नगरपालिकालाई हर्वल टुरिजम हबको रुपमा विकास गरिने नगरप्रमुख छायाराम खनालले बताउनुभएको छ । सोमबार देखि शुरु गरिएको स्थानीय स्तरमा उपलब्ध जडीबुटीको पहिचान महत्व एवं उपयोगिता विषयक ३ दिने अभिमुखीकरणको उद्दघाटन गर्दै प्रमुख खनालले यस्तो बताउनुभएको हो । साथै उहाँले आयु बढाउँन आयुर्वेद औषधीको प्रयोग गर्नुपर्ने भन्दै प्रमुख खनालले आयुर्वेद औषधीको प्रयोग गर्ने व्यक्ति लामो वर्ष बाँच्ने बताउनुभयो । संसारमा नपाईने जडीबुटी मात्रै नेपालमा पाईने भन्दै पछिल्लो समय होमियोप्याथिकमा आर्कषण समेत बढेको प्रमुख खनालको भनाई छ ।

४ गतेसम्म सञ्चालन हुने अभिमुखीकरणमा निम, घ्यूकुमारी, कागती, केरा, असुरोलगायतको महत्व फाईदा र उपयोगिताका विषयमा सहजीकरण धर्म महारसले प्रशिक्षण दिनुभएको छ । कार्यक्रममा कालीगण्डकी ज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण महाराजले जडीबुटी सम्बन्धी प्रवचन गर्नुभएको थियो भने संस्कृति विद तुल्सी प्रभासले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । नगरप्रमुख खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सिमा केसीकर्माचार्य र सञ्चालन आयुर्वेद साखाप्रमुख खेमराज देवकोटाले गर्नुभएको थियो । अभिमुखीकरणमा जनप्रतिनिधि, आयुर्वेद सम्बन्धी व्यक्तिहरु, आयुर्वेदमा चासो राख्ने व्यक्तिहरु र आयुर्वेदको खेति गर्नेहरुको सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


