युएईमा मृत्यु भएका स्याङ्जाका मधुसुधनको शव नेपाल पठाइयो ।
युएई । युएईमा मृत्यु भएका एक नेपालीको शव नेपाल पठाइएको छ । गत आइतबार युएईमा मृत्यु भएका स्याङ्जा चापकोट-८ का ४४ वर्षीय मधुसुधन पाण्डेको शव नेपाल पठाइएको हो ।
पाण्डे ९ वर्षदेखि युएईको लुलु हाइपरमार्केट अल किसेश शाखामा ट्रली सुपरभाइजरको रुपमा कार्यरत थिए । गत शनिबार साँझ कम्पनीको काम सकेर कोठामा फर्किएपछि साथीभाइसँगै खाना खाएर सुतेका पाण्डेलाई बिहान असहज महसुश भएपछि सहकर्मीहरुले एम्बुलेन्स बोलाएर अस्पताल पुराएका थिए ।
अस्पताल पुर्याएको आधा घण्टामै उनको मृत्यु भएको थियो । पाण्डेको मृत्युको कारण हृदयघात भएको अस्पतालले जनाएको छ । पाण्डेको शव कानुनी प्रकृया पूरा गरी नेपाल पठाइएको सोही कम्पनीमा कार्यरत पाल्पाली समाज युएईका वेदप्रसाद अर्यालले जानकारी दिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


