अनाथ तथा गरिव बालबालिकाको सहयोगार्थ युएई—अबुधावीमा तिज विशेष कार्यक्रम हुदै ।

आँधीखोला खवर/अबुधावी (युएई )
अनाथ तथा गरिव बालबालिकालाई सहयोग जुटाउने उद्देश्यले युएईको अबुधाबीमा तिज तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्याङ्जा सहयोग समाज —युएई, अबुधाबी क्षेत्रिय समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम गर्न लागिएको समितिका सुरज खनालले जानकारी दिनुभयो ।

आगामी अगष्ट ३० अर्थात भदौ १३ गते गरिने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । मलयाली समाज हल मुसाफमा हुने कार्यक्रममा नेपाली कलाकारहरु पुष्कल शर्मा, मञ्जु विक लगायतको उपस्थिति रहने बताईको छ । कर्याक्रमको मिडिया पार्टनरको रुपमा आँधीखोला खवर डट कम पनि रहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…