अर्थतन्त्र बलियो बनाउन कडा कर नीति – उप्रेती ।

प्रकाश डोटेल/स्याङ्जा

आन्तरिक राजश्व कार्यालय पोखराका वरिष्ठ कर अधिकृत केशवकुमार उप्रेतीले अर्थतन्त्र बलियो बनाउनका लागि कर नीतिलाई कडा बनाउनु परेको बताउनु भएको छ । अर्थतन्त्र बलियो नबन्दासम्म दिगो विकासको परिकल्पना गर्न नसकिनेमा उहाँले जोड दिनुभयो ।

“अर्थतन्त्र बलियो बनाउन वर्तमान सरकारले कर नीतिलाई कडाई गरेको छ ।” स्याङ्जास्थित उद्योग वाणिज्य संघले आयोजना व्यवसायीलाई दिएको एक दिने कर शिक्षा कार्यक्रममा बोल्दै कर अधिकृत उप्रेतीले कर नीति कडा बनाउनु सरकारको रहर नभएर बाध्यता भएको उहाँको भनाई थियो ।

वर्तमान समयमा हाम्रो राजश्वको क्षमता झण्डै साढे १६ खर्ब छ, तर बजारबाट करिब ९ खर्ब मात्रै उठ्ने गरेकोमा चिन्ता जनाउँदै उप्रेतीले करमा कडाई नगर्दासम्म राजश्व गुम्ने क्रम जारी रहने बताउनु भयो । विगतमा जस्तै राजश्व गुम्ने क्रम रहे देशले विकासमा फड्को मार्न नसक्ने उहाँको जिकिर थियो ।

“करको दायरामा आउनुहोस, सरकारका तर्फ हामी सहकार्य गर्न तयार छौं ।” कर सम्बन्धि व्यवसायीको प्रश्नको उत्तर दिदै कर अधिकृत उप्रेतीले भन्नुभयो, “करका नाममा व्यवसायीक त्रसित बन्ने सरकारले राजश्व गुमाउँदै जानु आर्थिक सुचांकको सकारात्मक पक्ष होईन् ।” व्यवसायीले आवश्यक ठाने जहाँ जतिबेला कर शिक्षा दिन राजश्व कार्यालय तयार रहेको उहाँलेले दाबी गर्नुभयो ।

कर शिक्षामा सहभागी व्यवसायीले हरेक आर्थिक वर्ष शुरुवातमा प्रस्तुत हुने बजेटले व्यवसायी त्रसित बनेको बताए । उनीहरुले व्यवसायीकाबीच कर नीतिलाई स्पष्ट पारेर मात्रै सरकारले नयाँ कर नीति लिनु्पर्ने आवश्कता औल्याए । नयाँ बनाउन नीतिका बारेमा व्यवसायीबीच सहकार्य गरे राजश्व नगुम्ने उनीहरुको भनाई थियो ।

“आवश्यक तयारी नहुँदा र नपुग्दा कर कार्यालय डर कार्यालय बनेको छ ।” जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’ ले भन्नुभयो, “सरकारको कर नीति व्यवसायी मैत्री बन्न नसक्दा कर कार्यालय डर कार्यालय बनेको छ ।” सहकार्य गरौं, निजी क्षेत्र सरकारलाई सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो ।

संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कर शिक्षा कार्यक्रममा कर कार्यालय पोखराका कर अधिकृत जीवराज निरौला, संघका प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ, तृतीय उपाध्यक्ष सुनिता पौडेल र महासचिव भिमकुमार श्रेष्ठले बोलेका थिए । कर शिक्षा कार्यक्रममा जिल्लाका व्यवसायिको उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP