स्याङ्जामा हतियार तथा विस्फोटक पदार्थ सहित २ जना पक्राउ ।
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिवन्धित सामाग्री सहित दुई जनालाई पक्राउ गरेको छ । भीरकोट नगरपालिका ९ का शिव दर्लामी र मोहन सिंजालीलाई प्रहरीले पक्रेकोे हो । उनीहरुबाट एक थान एयरगन, बम जस्तो देखिने आईडि ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लप समुहको विभिन्न दस्तावेदहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
गल्याङ नगरपालिकामा शंकास्पद गतिविधिमा गरेको आशंका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दस्तावेज फेला परेपछि छानबिन गर्दा हतियार समेत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले जानकारी दिनुभयो ।
अनुसन्धानका क्रममा दर्लामीको दुईतले गोठ तथा धन्सारबाट लुकाई राखेको हतियार बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट विभिन्न व्याक्तिलाई धम्काएर ५० लाख चन्दा मागेको १८ थान लेटर प्याड समेत फेला परेको प्रहरी प्रमुख लम्सालले जानकारी दिनुभयो । विप्लव समुहका दस्तावेज फेला परेको भन्दै प्रहरीले उनीहरुलाई विप्लव समुह कै कार्यकर्ता भएको अनुमान् गरेको छ । यहि हप्ता भीरकोट नगरपालिकाकै तीन जनाले विप्लव नेतृत्वको माओवादी पार्टी परित्याग गरेको भन्दै प्रेस विज्ञप्ती निकालेका थिए ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…