स्याङ्जाको पाणिनी आश्रममा लायन्स क्वल पोखरा सीटीको खाद्यान्न सहयोग ।
भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिका १४ स्थित पाणिनी आधुनिक गुरुकुल आश्रममा लायन्स क्लब अफ पोखराले खाध सामाग्री प्रदान गरेको छ । जन्म दिनको अवसर पारेर खाद्यान्न सहयोग गरिएको हो ।

लायन्स क्ल्व अफ पोखरा फेवा सीटीले लामागेमा संचालित आश्रममा अध्ययनरत विधार्थीहरुको लागि विविध खाधान्न वितरण हो । सिटीका प्रथम उपाध्यक्ष गीता कडेंल र सन्तोष काफ्लेका छोरी सरगम काफ्लेको जन्मदिनको अवसर पारेर खाद्यान्न प्रदान गरिएको हो ।
खाद्यान्न प्रदान गर्दे सीटी कलस्टर प्रमुख शिवराज आचार्यले लायन्स क्लबलाई सरकार वा कुनै दातृ संस्थाले सहयोग नगर्ने बताउदै स्वतस्र्फुत रुपमा क्लवका सदस्यहरुको सहयोगले संचालन भएको बताउनुभयो । लायन्समा आवद्ध ब्यक्तिहरुले निजी रकम संकलन गर्दे यस्ता धेरै संस्था तथा ब्यक्तिगत सहयोग गर्दै आएको पनि उहाले जानकारी दिनुभयो ।
कार्यक्रम पाणिनी गुरुकुल आश्रमका अध्यक्ष स्वामी ईश्वरानन्द महाराज, जोन चेयरपर्शन लायन. रामचन्द्र पोख्रेल, लायन्स क्लब अफ पुतलीबजारका अध्यक्ष श्री गुरुङ, लायन्स क्लब अफ स्याङ्जाका प्रथम उपाध्यक्ष धुर्ववन्धु पौडेल, पोखरा सिटीका निवर्तमान. अध्यक्ष लायन. दुर्गा गिरी लगाएतले सहयोगी परिवारलाई धन्यवाद सहित आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिइने बताउनुभयो ।

पोखरा फेवा सीटिका अध्यक्ष राधिका शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन क्लबका सचीव लायन. गीता काफ्लेले गर्नुभएको थियो । गुरुकुल आश्रममा २० जना छात्रहरु अध्ययरत छन । बिभिन्न मनकारी दाताहरुको सहयोग र मुठीदानबाट गुरुकुल संचालित छ । यहाँ संस्कृत, वेद, वेदान्त, कर्मकाण्ड, अंगे्रजी लगायत अन्य बिद्यालयका पाठ्यक्रम सरहका बिषयमा अध्ययन अध्यापन हुन्छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


