स्याङ्जाका २० सरकारी कार्यालयमा एकैपटक अनुगमन, कुनै कार्यालय पुरै खाली, कोही कर्मचारी अमेरिका ।
आँधीखोला खवर/स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार स्याङ्जा सदरमुकामका २० सरकारी कार्यालयमा एकैपटक छड्के चेकजाँज तथा अनुगमन गरेको छ । प्रशासनले ४ टोली बनाएर अनुगमनका लागि खटाएको थियो ।
छड्केमा परेका सबै कार्यालयका हाजिरी रजिस्टर टोलीले प्रशासन कार्यालयमा ल्याएर हेरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । छड्के परेका कार्यालयका २७४ कर्मचारी मध्ये १९ अधिकृत तथा ७७ विभिन्न पदका कर्मचारीहरु कार्यालय हाजिरी नभएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो ।
सदरमुकामका खानेपानी डिभिजन, नापी र घरेलुका सबै कर्मचारीहरु कार्यालयमा भेटिएका थिए । अनुगमनका क्रममा जिल्ला अस्पतालमा ८ अधिकृत सहित ३६ जना समयमा नै काममा नजाने गरेको प्रशासनले जनाएको छ । अस्पतालका प्रमुख डाक्टर अमृत पोख्रेल साउन १३ गतेबाट अनुपस्थित रहेको तथा डाक्टर शुशिल मरासिनी बैशाखबाट कार्यालयमा अनुपस्थित रहेको पाईएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो ।
डाक्टर मरासिनी असार मसान्त सम्मको बिदा लिएर अमेरिका र डाक्टर पोख्रेल दुई हप्ते बिदामा रहनु भएको अस्पताका निमित्त प्रमुख डाक्टर रन्जु पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै आयोजना कार्यान्वयन इकाई (शिक्षा) का १० जना कर्मचारी रहेकोमा सबै कर्मचारी काज लिएर बसेको बताईएको छ ।
उता जिल्ला तथ्याङक कार्यालयमा ११ जना कर्मचारी रहेकोमा ९ जना कर्मचारी फिल्ड लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टिकरण सोधिने र बिदा नलिनेको गयल कट्टा हुने बताउदै प्रमुख जिल्ला अधिकारी निरौलाले गयल कट्टा हुने कर्मचारीको गयल बराबर सेवा अवधि कम हुने सरकारी नियम रहेको स्पष्ट पार्नु भयो ।
कार्यालय छड्केमा पुनर्निर्माणमा ८, डिभिजन बन ७, हुलाकमा ७, सुन्तला जोनमा ६ जना,कृषि ज्ञान केन्द्रमा ५ जना, भेटनरी अस्पतालमा ३, जिल्ला स्वास्थ्यमा २, कोलेनिकामा १, बिद्युतमा १, जलश्रोत तथा सिचाई बिकास डिभिजनमा ४, आर्युबेद २, राष्ट्रिय जिल्ला समन्वयमा ४, , शिक्षा बिकास तथा समन्वय इकाईमा १, मालपोतमा १, कर्मचारी अनुस्थित रहेका भेटिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


