राधा माधव समितिले स्याङ्जा र वालिङमा श्रीकृष्णजन्माष्टमी पर्व मनायो ।
भवानी अधिकारी /स्याङ्जा :
आज भाद्र कृष्ण अष्टमी भगवान कृष्णको जन्म भएको दिन अथवा कृष्णजन्माष्टमीको अवसर पारेर स्याङ्जाका कृष्णमन्दिरहरुमा शुक्रबार भगवान श्रीकृष्णको पूजा/आराधना गरी मनाइरहेका छन ।

कर्मयोग र भक्तियोगका प्रणेताका रुपमा मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।
धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको धार्मिक मान्यता छ । आजका दिन कृष्णभक्तहरु ब्रत बसी रातभर भजन किर्तनगरी बस्ने चलन छ । रातको १२ बजे कृष्णको जन्मपछि ब्रत सकेर भोजन गर्दछन भने भोली शनिवार विहान कृष्ण झुला एवं कृष्णका बिभिन्न अवतार बनाएर बजार परिक्रमा गरिन्छ ।

यसैबीच, श्रीकृष्णजन्माष्टमीको अवसर पारेर राधा माधव समिति स्याङजाले भजन किर्तन सहित कृष्णचरित्र सम्बन्धित कथा एवं नाटक प्रर्दशन गरेको छ । समितिले राधाकृष्णको बिशेष महत्वका साथ शुक्रवार र शनिवार पुजाआराधना गर्ने समितिका अध्यक्ष धनप्रसाद कोइरालाले जानकारी दिनुभयो । त्यस्तै राधामाधव समिति वालिङले पनि बजार परिक्रमा र तथा भजन किर्तन गरेर श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ । ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरू मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनु भएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


