कर्मचारीले मनाए शहिद मनोज -झपेन्द-सुरेन्द स्मृती दिवश ।

सुशील सुबेदी/स्याङजा :
२९औँ शहिद मनोज -झपेन्द-सुरेन्द स्मृती दिवश स्याङजाका निजामती कर्मचारीले बृद्धाअश्रममा मनाएका छन् । गल्याङ नगरपालिका १ राम्दीमा अवस्थित शिब पार्बती बृद्धाआश्रममा रहेका वृद्धवृद्धालाई एक दिनको भोजन गराएर कर्मचारीहरुले स्मृती दिवस मनाएका हुन् । नेपाल निजामती कर्मचारी संङगठन जिल्ला कार्यसमितिको आयोजनामा बृद्धाआश्रमका २० जना वृद्धवृद्धालाइ एक दिनको भोजन खुवाईएको संङगठनका अध्यक्ष रमेश ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै शहिदहरुको सपना साकार गर्न कर्मचारी निष्पक्ष भएर काम र कर्तब्य प्रति निष्ठ हुनपर्ने प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनु भयो । शहिदको बलिदानीको कारण कर्मचरीले गर्ब गर्न पाएको बताउँदै उहाँले भन्नुभयो , ‘ शहिदहरुले बलिदानी कर्मचारीको हक हितको निमीत्त दिएका थिए , कर्मचारी राष्ट्रसेवक हुनुपर्दछ आफ्नो काम कर्तव्य र अधिकार बिर्सन हुँदैन । ’


सुरक्षा भत्तामा राज्यले ठुलो लगानी गरेको कारण मापदण्ड अनुशार सुरक्षा भत्ता प्राप्त गर्नेहरुले लिएर र कर्मचारीले सहज तरिकाले सेवा दिएर सहयोग गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा आधिकारीक ट्रेड युनियन अध्यक्ष राजु प्रशाद मराशीनी , शिब पार्बती बृद्धाआश्रमका उपाध्यक्ष अर्जुन खनालले शहिदको सपना साकार पार्न कर्मचारी कर्तव्यमुखी हुन आबाश्यक रहेको बताए ।
हाल बृद्धाआश्रममा २० जना वृद्धवृद्धा छन् । बिभिन्न संघ संस्थाको भेला , उत्सब , जन्मोत्सब जस्ता बिशेष दिन आउने सहयोगले संस्थाको दैनिकी चलाउन सहज भएको बृद्धाआश्रमका कार्यालय सचिब सुनिल श्रेष्ठले बताउनु भयो । यदी कसैको स्मृती वा खुशीयालीमा माता पितालाई एक दिनको भोजन खुवाउन ईच्छा लागेमा प्रति दिनको ६ हजार लाग्ने श्रेष्ठले बताउनु भयो ।
नेपाल निजामती कर्मचारी संङगठन जिल्ला कार्यसमितिका अध्यक्ष रमेश ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत सल्लाहाकार सूर्य प्रशाद सुबेदी गर्नु भएको थियो भने सचिब महेन्द« ढकालले कार्यक्रम संचालन गर्नु भएको थियो । सो अवसरमा नेपाल निजामती कर्मचारी संङगठनले २ दिनको भोजन बापत बाह्र हजार हस्तान्तरण गरेको थियो ।

Facebook Comments Box
TOP