नङको संक्रमणबाट खुट्टा काट्न बाध्य सार्कीलाई आर्थिक सहयोग ।
कला राना/स्याङ्जा :
स्याङ्जाको आँधीखोला गाउँपालिकाका वडा नं. ५ का रंघुुवाका अपाङ खेमबहादुर सार्की नेपालीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

आँधीखोला गाउँपालिका नेपाली कागे्रसका महाधिवेसन प्रतिनिधि प्रेमराज पौडेलको अगुवाईमा पोखरामा बस्ने आँधीखोला गाउँपालिकाका स्थायी घर भई पोखरा बस्दै आएका स्याङ्जाली र पोखरालाई कर्मथलो बनाएकाहरुको सहयोगमा १ लाख ४७ हजार दुई सय ५० रुपैँया प्रदान गरिएको छ । कार्यक्रममा संविधान सभा सदस्य राजु थापा, अभियन्ता प्रेमराज पौडेल, क्षेत्रिय सभापति तुल्सीराम रेग्मी, दलित संघ केन्द्रिय सदस्य सुजन गहतराज, दलित संघका जिल्ला उपाध्यक्ष क्या. डिल्लीराम सुनार र स्थानीयको सहभागितामा उक्त रकम प्रदान गरिएको हो ।
खुट्टाको बुढी औँलाको नङको संक्रमणबाट औँला काटिएका सार्कीको उपचार गर्दा निको नभएपछि घुँडामुनी बाट काटिएको छ । अझै निको नभएपछि उहाँलाई फेरि सल्याक्रिया गर्ने भएकाले आर्थिक सहयोग गरिएको अभियन्ता पौडेलले बताउनुभयो । त्यस्तै थप आर्थिक संकलनका लागि अभियन्ता पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यहरुमा दरुण दलका जिल्ला सदस्य गणेश उप्रेती, नविन ढकाल, गिता चापागाँई, फणिन्द्र गुरुङ, थानेश्वर पौडेल रहनुभएको छ । सोही कार्यक्रममा पुर्व सभासद राजु थापा, प्रदेश सांसद भागवतप्रकाश मल्ल र सुजन गहतराजले आर्थिक सहयोग गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


