राजेन्द्र डुुम्रेद्धारा रोटरी क्लव वालिङको अध्यक्षको पदभार ग्रहण ।
आँधीखोला खवर/वालिङ : मानवीय र सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ वालिङको चौथौ पदस्थापन समारोह वालिङमा सम्पन्न भएको छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ नेपाल भुुटानका गर्भनर किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न पदस्थापन समारेहमा रोटरी क्लव वालिङका वर्ष २०१८/०१९ का अध्यक्ष मधुुुुसुुधन आचार्यले वर्ष २०१९/०२० का लागि नवनिर्वाचित अध्यक्ष राजेन्द्र डुम्रेलाई पदभार हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा नयाँ अध्यक्षको पदभार ग्रहण गरेका डुम्रेलाई प्रमुख अतिथी किरणलाल श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । पदस्थापन कार्यक्रममा वोल्दै डुम्रेले आफ्नो कार्यकालको वर्ष रोटरी क्लव अफ वालिङको इतिहासमै उत्कृष्ठ वर्ष वनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष डुम्रेले रोटरी क्लवको मूूल्य र मान्यता अनुुरुपका कार्य सम्पादन गर्दै क्लवको गरिमा उच्च राख्ने कार्यमा यो वर्ष आफूले सक्दो सहयोग गर्ने वताएका छन् । यसका साथै स्थानीय तह, प्रदेश र संघीय सरकार संग सहकार्य गर्दै शिक्षा र स्वास्थ्यका कार्यक्रमहरु ग्रिने समेत कार्यक्रममा अध्यक्ष डुम्रेले प्रतिवद्धता व्यक्त गरेका थिए । रोटरी क्लव अष्ट्रेलिया संगको सहकार्यमा यस वर्ष वालिङमा रहेका सामुुदायिक विद्यालयहरुमा २८ वटा सौचालय निर्माण गरिने समेत सोही कार्यक्रममा उद्घोष गरेका थिए ।

पदस्थापन समारोहमा वोल्दै प्रमुख अतिथी रोटरीयन किरणलाल श्रेष्ठले रोटरी क्लवको विश्वव्यापी मान्यतालाई स्थापित गर्दै समाजमा उदाहारणीय कार्य गर्न गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, लायन्स क्लव अफ वालिङका अध्यक्ष देवेन्द्र भट्टराई, रोटरी क्लवका तर्फवाट सिता डुुम्रे, चुुडामणी सुवेदी लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम वर्ष ०१८/१९ का अध्यक्ष मधुसुुधन आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव शुुशिल सुुवेदीले सन्चालन गरेका थिए ।

समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


