काठमाण्डौंबाट बेपत्ता भएकी स्याङ्जाकी युवतीको झोलामात्रै पोखरामा भेटियो ।

खगेन्द्र भण्डारी/आँधीखोला खवर :
स्याङ्जाको चापाकोटकी एक किसोरी काठमाण्डौंबाट वेपत्ता भएकी छन् । चापाकोट ९ स्थायी ठेगाना भई काठमाडौंको बसुन्धरामा बस्दै आएकी १८ बर्षिय रेजिना डोटेल बिगत ३ दिन देखि बेपत्ता हुनु भएको हो ।


गोल्डेन गेट कलेज काठमाडौंमा कक्षा १२ मा अध्ययनरत डोटेल गत भदौ ७ गते शनिवार पुल्चोक इन्जिनियरिङ कलेजमा इन्ट्रान्स परिक्षा दिन कोठाबाट निस्किएको उहाँको परिवारले बताएको छ । शनिवार काठमाण्डौ बाट हराएकी डोटेलको पोखरा महानगरपालिका वडा न २९ र ३३ जोड्ने बागमारा स्थित मझौरेघाट पुलमा झोला सहितका सामाग्री भेटिएको रेजिनाका दाजु ब्रम्हाण्ड डोटेलले जानकारी दिनुभयो ।
आईतवार साँझ झोला र झोला सङ्गै सर्टिफिकेट,जन्मदर्ता समेत भेटिएको इलाका प्रहरी कार्यालय हंसपुर डाडाको नाग कास्कीका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले बताउनु भयो ।
पुलमा झोला भेटिएको भन्दै विभिन्न आशंकाले रेस्क्यु टोलि बोलाईएको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

Facebook Comments Box
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…

TOP