काठमाण्डौंबाट बेपत्ता भएकी स्याङ्जाकी युवतीको झोलामात्रै पोखरामा भेटियो ।

खगेन्द्र भण्डारी/आँधीखोला खवर :
स्याङ्जाको चापाकोटकी एक किसोरी काठमाण्डौंबाट वेपत्ता भएकी छन् । चापाकोट ९ स्थायी ठेगाना भई काठमाडौंको बसुन्धरामा बस्दै आएकी १८ बर्षिय रेजिना डोटेल बिगत ३ दिन देखि बेपत्ता हुनु भएको हो ।

गोल्डेन गेट कलेज काठमाडौंमा कक्षा १२ मा अध्ययनरत डोटेल गत भदौ ७ गते शनिवार पुल्चोक इन्जिनियरिङ कलेजमा इन्ट्रान्स परिक्षा दिन कोठाबाट निस्किएको उहाँको परिवारले बताएको छ । शनिवार काठमाण्डौ बाट हराएकी डोटेलको पोखरा महानगरपालिका वडा न २९ र ३३ जोड्ने बागमारा स्थित मझौरेघाट पुलमा झोला सहितका सामाग्री भेटिएको रेजिनाका दाजु ब्रम्हाण्ड डोटेलले जानकारी दिनुभयो ।
आईतवार साँझ झोला र झोला सङ्गै सर्टिफिकेट,जन्मदर्ता समेत भेटिएको इलाका प्रहरी कार्यालय हंसपुर डाडाको नाग कास्कीका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले बताउनु भयो ।
पुलमा झोला भेटिएको भन्दै विभिन्न आशंकाले रेस्क्यु टोलि बोलाईएको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…