कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति रानालाई पितृ शोक ।
आँधीखोला खवर/स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धी बहादुर राना (कुमार) लाई पितृ शोक परेको छ ।

रानाका वुवा टोप बहादुर रानाको ७७ बर्षको उमेरमा विहिबार साँझ निधन भएको हो । भारतीय सेनाबाट अवकास पछि निरन्तर प्रजातान्त्रिक बिचारको लागि सक्रिय रहदै आउनु भएका टोप बहादुर रानाको पुतलीबजार नगरपालिका वडा नम्वर ४ स्थीत आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेसका महासमिति सदस्य राजु थापाले जानकारी दिनुभयो । स्वर्गीय राना नेपाली कांग्रेसको तर्फबाट २०५४ सालमा पुतलीबजारको नगर सदस्यमा निर्बाचित हुनु भएको थियो । उहाँको अन्तिम संस्कार र बिदाइ पोखरा रामघाट स्थीत गुम्बामा शुक्रबार विहान ११ बजे गरिने नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर गोदारले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


