राम्दीघाटमा पानीको धारा बनाईयो, मलाम आउनेहरुका लागि सहज हुने ।

आँधीखोला खवर/गल्याङ :
गल्याङ नगरपालिका वडा नम्वर-१ रामनदीधाम राम्दी घाटमा पानीको धारा निर्माण गरिएको छ । दाह संस्कारको लागि मलाम आउनेहरुको सहजताका लागि भन्दै घाट भन्दा ३० मिटर माथि धारा निर्माण गरिएको हो ।

आँधीखोला २ चिलाउनेबास झारखोला स्याँर्कोका पौडेल परिवारले पति तथा वुवा तुलसीराम पौडेलको स्मृतिमा धाराको निर्माण गरेको हो । स्वर्गीय पौडेलकी श्रीमती मुवाकुमारी पौडेल, छोराहरु डिल्लीराम, तिलक, ज्ञानेन्द्र तथा बुहारीहरु सावित्रा, शारदा र बविता पौडेल तथा परिवारले ४७ हजार ६ सय ४० रुपैँया लगानी गरेर धारा निर्माण गरेको हो ।
शिवपार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका कार्यालय प्रमुख सुनिल श्रेष्ठको संयोजकत्वमा धारा निर्माण गरिएको हो । राम्दी खानेपानी योजनाबाट सय मिटर तल ल्याई ट्याङ्कीमा पानी संकलन गरिएको छ । घाटमा आउने यात्रीहरुका लागि पानी पिउन र नुहाँउन समेत निक्कै सहज हुने प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…