राम्दीघाटमा पानीको धारा बनाईयो, मलाम आउनेहरुका लागि सहज हुने ।
आँधीखोला खवर/गल्याङ :
गल्याङ नगरपालिका वडा नम्वर-१ रामनदीधाम राम्दी घाटमा पानीको धारा निर्माण गरिएको छ । दाह संस्कारको लागि मलाम आउनेहरुको सहजताका लागि भन्दै घाट भन्दा ३० मिटर माथि धारा निर्माण गरिएको हो ।

आँधीखोला २ चिलाउनेबास झारखोला स्याँर्कोका पौडेल परिवारले पति तथा वुवा तुलसीराम पौडेलको स्मृतिमा धाराको निर्माण गरेको हो । स्वर्गीय पौडेलकी श्रीमती मुवाकुमारी पौडेल, छोराहरु डिल्लीराम, तिलक, ज्ञानेन्द्र तथा बुहारीहरु सावित्रा, शारदा र बविता पौडेल तथा परिवारले ४७ हजार ६ सय ४० रुपैँया लगानी गरेर धारा निर्माण गरेको हो ।
शिवपार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका कार्यालय प्रमुख सुनिल श्रेष्ठको संयोजकत्वमा धारा निर्माण गरिएको हो । राम्दी खानेपानी योजनाबाट सय मिटर तल ल्याई ट्याङ्कीमा पानी संकलन गरिएको छ । घाटमा आउने यात्रीहरुका लागि पानी पिउन र नुहाँउन समेत निक्कै सहज हुने प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


