रवि लामिछानेको राजनीतिमा आउने संकेत ?

टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने संकेत गरेसँगै उनी फेरि चर्चामा आएका छन् । उनले आफु राजनीतिमा जान इच्छुक नरहेपनि आवश्यक परे जान सक्ने संकेत गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा रिहा भएको अवसरमा आज मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा आउने ढोकाको चुक्कुल मात्रै लागेको तर ताला भने नलागेको भन्दै सनसनीपूर्ण संकेत गरेका थिए ।
लामिछाने अहिले गरिरहेको सञ्चार पेशाबाट नै केही परिवर्तन ल्याउन सक्नेमा आफु विश्वस्त रहेको बताए । उनले आफुले पैसा कमाउन सञ्चार पेशामा नआएको भन्दै कहीं कतै पैसाको लेनदेन गरेको प्रमाण भेटिए आफु सञ्चार क्षेत्रबाट बिदा हुने र कानुन अनुसार कारबाही भोग्न तयार रहेको प्रष्ट पारे । उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने पनि प्रतिबद्धता जनाए ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…