रवि लामिछानेको राजनीतिमा आउने संकेत ?
टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने संकेत गरेसँगै उनी फेरि चर्चामा आएका छन् । उनले आफु राजनीतिमा जान इच्छुक नरहेपनि आवश्यक परे जान सक्ने संकेत गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा रिहा भएको अवसरमा आज मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा आउने ढोकाको चुक्कुल मात्रै लागेको तर ताला भने नलागेको भन्दै सनसनीपूर्ण संकेत गरेका थिए ।
लामिछाने अहिले गरिरहेको सञ्चार पेशाबाट नै केही परिवर्तन ल्याउन सक्नेमा आफु विश्वस्त रहेको बताए । उनले आफुले पैसा कमाउन सञ्चार पेशामा नआएको भन्दै कहीं कतै पैसाको लेनदेन गरेको प्रमाण भेटिए आफु सञ्चार क्षेत्रबाट बिदा हुने र कानुन अनुसार कारबाही भोग्न तयार रहेको प्रष्ट पारे । उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने पनि प्रतिबद्धता जनाए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


