रवि लामिछाने हाईहाई भन्दै रिहाइको माग ।

पत्रकार सालिकराम पुडासैनीको हत्या प्रकरणमा छानबिनका लागि पक्राउ गरिएका न्यूज टेलिभिजन का सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी गरेका छन् ।
पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरेर छानविनका लागी बिहीबार मध्यराति चितवन लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ। तर रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै नाराबाजी गरिरहेका छन्।Advertisement
समर्थकहरुले रिहाइको माग गर्दै शुक्रबार रवि लामिछाने जिन्दावाद, रवि कसको जनताको, गुन्डागर्दी बन्द गर , रवि भाइ हाइ हाइ, हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । सर्मथकहरुले रविलाई जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडी देखाउन पनि माग गरेका छन् ।

साथै उनीहरुले दलालहरु होसियार, पिडितको राम्रोसँग छानविन गर भन्दै गृहमन्त्रीको राजीनाम माग्दै चितवन एसपी मुर्दावाद भन्दै नेपाल पुलिसलाई खबरदारी नारा लगाएका थिए ।
चितवनका एसपी दानबहादुर मल्लले कानुन बमोजिम अनुसन्धानका लागि रविसहितका व्यक्तिहरुलाई पक्राउ गरिएकोले अनावश्यक दबाब आवश्यक नरहेको बताए । उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताए । (नेपाल बहस)
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…