रवि लामिछानेलाई प्रहरीले चितवन पुर्यायो, पीडित परिवारले किटानी जाहेरी दिने ।
काठमाडौं– माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रहरणमा बिहीबार पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले कार्कीलाई दिउँसो पक्राउ गरेको थियो भने पत्रकारद्वय लामिछाने र कँडेललाई लाजिम्पाटस्थित न्युज २४ टेलिभिजन कार्यालयबाट अपराह्न पक्राउ गरेको हो ।
प्रहरीले तीनै जनालाई गाडीमा राखेर चितवन जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको छ । ‘अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेका हौं,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले भने, ‘अनुसन्धानपछि सबै कुरा बाहिर आउँछ ।’
पत्रकार पुडासैनीले साउन २० मा चितवनस्थित कंगारु होटलमा आत्महत्या गरेका थिए । उनले लामिछाने र कँडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गर्न लागेको भनी भिडियो रेकर्ड गरेका थिए । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले मृतकका परिवारले जाहेरी दिएको तर व्यक्ति किटान नगरेको बताए । ‘१३ दिनपछि परिवारले किटानी उजुरी दिन्छ,’ उनले भने ।
पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता लामिछानेसँगै कँडेल र कार्कीले आफूलाई आत्महत्याका लागि विवश बनाएको बताएकाले उनीहरूलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख मल्लले जनाए । कान्तिपुर दैनिकमा खबर छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


