५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै रवि लामिछानेबिरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौं – चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएको छ ।
तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गत ३० साउनमा पक्राउ परेका रविसहित तीनै जनालाई दुरुत्साहन अभियोगमा मुद्दा दर्ता गराएको हो ।
प्रहरी अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको छ । पुडासैनीले आत्महत्या गर्नुमा पर्याप्त प्रमाण भेटिएकाले मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
मुद्दा भएकाले अव थुनछेक बयान लिइनेछ । बयानपछि थुनामै राखेर मुद्दा चलाउने, धरौटी माग्ने वा साधरण तारेखमा छोड्नेबारे बहस हुनेछ । बहसपछि मात्रै अदालतले आवश्यक निर्णय लिनेछ ।
गत २० साउनमा पत्रकार पुडासैनी आत्महत्या अगाडि दिएको भिडियो रेकर्डका आधारमा उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


