स्थानीय कला संस्कृतिको प्रर्वद्धनका लागी दोस्रो पित्लेक मेला ।

तिलक गुरुङ/वालिङ :

“कृषि र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ नव सिर्जना युवा क्लव वालिङ ५ पित्लेकको आयोजनामा दोस्रो पित्लेक कृषि पर्यटन तथा दसै मेला २०७६ आयोजना गरिने भएको छ  । यस क्षेत्र कै पहिचान बोकेको कृषि पर्यटन एव पित्लेक देउराली सामुदायिक होम स्टे स्थानिय कला सस्कृतिको पर्वद्धन गर्ने उदेश्यका साथ कर्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष जीवन काजी गुरुङले बताउनु भयो । नेपालिहरुको महान चाड बडा दँसैको अवसरमा यहि असोज १४ गते देखि १९ गते सम्म मेला आयोजना गरिने भएको हो ।

 ५ दिनसम्म हुने कार्यक्रममा मुख्य आकर्षण खुल्ला गाउँ स्तरिय पुरुष भलिबल रहने छ साथै विभिन्न सास्कृतिक कार्यक्रम, स्थानिय कला सस्कृतीको प्रदर्सनी, फोटो प्रदर्शनी कृषि तरकारी तथा हस्त कला प्रदर्शनी, रस्सा कसि, घैटो फोर तथा विभिन्न रोचक खेलकुदहरु रहने आयोजकले बताएका छन ।यस्तै क्लवले जीवन काजी गुरुङ्कको संयोजकत्वमा ११ सदस्य मुल संचालक समिती गठन गरेको छ भने भुपेन गुरुङ्कको संयोजकत्वमा सल्लाहाकार समिती, दिपक गुरुङ .को संयोजकत्वमा साँस्कृतिक उप समिती, खिम बहादुर गुरुङ्कको संयोजकत्वमा खेलकुद उप समिती, ताल बहादुर गुरुङ्कको संयोजकत्वमा शान्ति सुरक्षा उप समिती, तिलक गुरुङको संयोजकत्वमा प्रचार प्रसार उप समिती पनि गठन गरिएको छ  ।

यस्तै पंकज गुरुङ्कको संयोजकत्वमा ९ सदस्य आर्थिक समिती गठन गरिएको छ संयोजक बोम्जन गुरुङ दक्षिण कोरियामा, आषिस गुरुङ र बल बहादुर गुरुङ यु ए इ मा, बिन गुरुङ साउदी अरबमा, कृष्ण कुमार गुरुङ जापनमा, ओम प्रकाश गुरुङ बहराइनमा, नर बहादुर गुरुङ यु केमा, र इन माया गुरुङ साइप्रसमा संयोजक रहनुभएको छ ।। 

Facebook Comments Box
TOP