पशु चिक्त्सिक र प्राविधिक सहितको टोली किसानको घरदैलोमा ।

आँधीखोला खवर/गल्याङ : किसानका समस्या बुझ्न गल्याङ नगरपालिकाका पशु चिक्त्सिक र प्राविधिक सहितको टोली किसानको घरदैलोमा पुगेको छ । ‘सेतो शहर, नगरको पहिचान, समृद्ध किसान, हाम्रो अभियान भन्ने नारा सहित किसानसँग अन्तरक्रिया गर्न पशु शाखा प्रमुख, पशु चिक्त्सिक र प्राविधिक सहितको टोली किसानको घरदैलोमा पुगेको हो ।

गल्याङ नगरपालिका वडा नम्बर-११ जिमुवा र वडा नम्बर-२ बटुवामा किसान संग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रममा कृषिलाई समेटिएको विभिन्न विषय सम्बन्धि जानकारी पनि गराइएको थियो । कार्यक्रममा किसानहरुले आफुलाई पर्ने समस्याहरुका बारेमा जानकारी गराएका थिए । भेलामा गल्याङ नगरपालिका पशु शाखा प्रमुख शुशिल अर्यालले सेतो नगर बनाउने नगरपालिकाको अभियान सफल पार्न किसानहरु जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले आफुलाई परेको समस्या तत्काल राख्न आग्रह गर्नुभयो ।

भेलामा नगरपालिकाका पशु चिकित्सक अनिश सापकोटा, पशु स्वास्थ्य प्राबिधिक श्रीदेव चौधरी, कृषि प्राबिधिक सबिता पान्डेय, कृषि साखाका अर्जुन जि.टि., शिब शुबेदी, डिल्लीराम अर्यालको सहभागिता थियो ।

भेलामा किसानहरुको उत्साहजनक सहभागिता रहेको थियो । अभियान अन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका ९ बेल्चौर र गौमुख त्यस्तै गरि  बुधबार चितडाँडा र साङलियामा कार्यक्रम गरिने पशु शाखा प्रमुख शुशिल अर्यालले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP