क्याम्पसको गुणस्तरीयता वृद्धिका लागि वृहत भेला ।

आँधीखोला खवर/अर्जुनचौपारी :
अर्जुनचौपारी गाउँपालिकामा रहेको पञ्चकन्या बहुमुखी क्याम्पसमा गुणस्तरीयताम वृद्धि तथा स्नातक तहमा विद्यार्थी आर्कषणका लागि सरोकारवालाहरुको वृहत भेला सम्पन्न भएको छ । शनिबार आयोजना गरिएको भेलामा आर्थिक वर्ष २०७६/०७७ को स्नातक तहमा विद्यार्थी भर्नालाई कसरी प्रभावकारी बनाउँदै यहाँको नमुना क्याम्पसको रुपमा विकास गर्ने भन्ने विषयमा क्याम्पसका सञ्चालक , बुद्धिजीवि, पार्षदबीचमा छलफल गरिएको हो ।

गाउँपालिकाकै एकमात्र बुहमुखी क्याम्पसमा हाल स्नातक तहमा व्यवस्थापन संकाय मात्रै अध्यापन हुने गरेको छ । छलफलमा शिक्षा संकाय समेत सञ्चालन गर्नुपर्ने, टाढा टाढाका विद्यार्थीलाई मध्यनजर गर्दै यातायातको व्यवस्था गर्नुपर्ने, छात्रावासको व्यवस्था गर्नुपर्नेमा जोड दिईएको छ ।
भेलाले प्रत्येक टोल–टोल, प्रत्येक वडा, विद्यार्थी तथा अभिभावकबीचमा पुग्ने र भर्ना कार्यक्रमसंगै विद्यार्थीलाई आकर्षित गर्ने निर्णय गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले पालिकाकै एकमात्रै बहुमुखी क्याम्पसलाई थप व्यवस्थापन गर्दै विद्यार्थी तथा अभिभावकको आर्कषणको केन्द्र बनाउँनुपर्ने बताउनुभयो ।

साथै आर्थिक पक्षका अभाव नहुँने भन्दै क्याम्पस प्रभावकारी रुपमा सञ्चालन गर्नका लागी गाउँपालिका समेत प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष ललित थापाले क्याम्पस व्यवस्थापनमा थुपै चुनौतीका बाबजुत नयाँ सञ्चालक समिति पुर्ण सक्रियताका साथ लागि परेको भन्दै क्याम्पसलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस संस्थापन अध्यक्ष प्रेमनारायण पौडेल, पुतलीबजार नगरपालिका १३ का अध्यक्ष ख्यामनारायण अधिकारी, अर्जुनचौपारी १ का अध्यक्ष चित्रबहादुर विष्ट, क्याम्पस सञ्चालक समिति सदस्य अर्जुन काफ्ले, खडानन्द पौडेल र जनराज खनाल, समाजसेवी यामनारायण काफ्ले, सह प्रध्यापक लाल केसी, प्रेम देवकोटालगायतले बोल्नुभएको थियो । २०६७ मा क्याम्पस सञ्चालनमा आएको हो ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…