एनआसी एसियाको शाखा रहित सेवा स्याङ्जाको ‘शिरुवारीमा’ ।
रोशन लामिछाने/स्याङ्जा :
नेपालकै पहिलो ग्रामीण पर्यटकीय स्थल स्याङजाको शिरुवारीमा एनआसी एसियाको शाखा रहित बैंकिङ सेवा सुभारम्भ गरिएको छ । उक्त सेवा अन्तरगत सेवाग्राहीले एक दिनमा ५० हजार सम्म निकाल्न सक्ने र १ लाख सम्म जम्मा गर्न सक्ने छन् ।

सेवाको उद्घाटन गर्दै गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री हरि बहादुर चुमानले सरकार बिकासको गतिमा रहेको बताउनु भयो । उहाँले नागरिकले पछिल्लो समयमा सरकारको बिकासको अनुभुति गरेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ, आधिखोला गाउपालिका अध्यक्ष सुधिर कुमार पौडेल, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश उपाध्यक्ष मोति प्रसाद पौडेल, एनआसी एसीया बैंकका दिपेन्द्र शर्मा र वडा अध्यक्ष लोक प्रसाद ढकाल लगाएतले बोलेका थिए ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


